गर्भवती महिलाको लागि परशुरामले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

Published on

डडेल्धुरा ३ असार । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले पालिका भरि गर्भवती महिलाहरूको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकामा बसेको कार्यपालिकाको चौथो बैठकले नगरपालिकाका १२ वटै वडाका गर्भवती महिलाको लागि निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय बमोजिम निशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको हो ।
जिल्लाको अन्य स्थानिय तह सँगै परशुराम नगरपालिकामा पनि दुर्गम पालिकामा पर्ने गर्दछ । एम्बुलेन्स निशुल्क गरिने कार्यपालिकाको निर्णयपछि भने यस क्षेत्रका गर्भवती महिलालाई सहज हुने अनुमान नगरपालिकाले गरेको छ ।
यसैगरि शुक्रवार बसेको कार्यपालिकाको चौथो बैठकले यो सँगै अन्य महत्वपूर्ण निर्णय पनि गरेको छ । जसमा अति विपन्न, गरिब परिवार र पढाईमा उत्कृष्ट छोरी बुहारीलाई स्नातक तहको अध्ययनका लागि प्रोत्साहन गराउन छोरी बुहारी छात्रवृति कोष सञ्चालन गर्ने, आगामी आर्थिक वर्षमा ७ वडा स्थित सिद्धनाथ माध्मिक विद्यालय मलासमा चारकोठे पक्की भवन निमार्णलाई प्राथमिकता र ४ वडा स्थित कालिका प्राथमिक विद्यालयमा समेत दुई कोठे पक्की भवन निमार्ण गर्ने, लगायतका निर्णय गरिएको परशुराम नगरपालिकाले जनाएको छ ।
यस्तै पालिकाको ११ औँ नगरसभा असार १० गत दिनको बोलाउने निर्णय भएको छ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...