नेपाली सेनाद्वारा कैलालीको तारागढी र ताराकोट पुनर्निर्माण

Published on

पदमराज भट्ट, धनगढी ५ असार । नेपाली सेनाले ऐतिहासिक किल्ला पुनर्निर्माणको काम सुरु गरेको छ। नागरिक सैनिक सम्बन्ध बिस्तार अन्तरगत स्थानीयसँग समन्वय गरेर नेपाली सेनाले ऐतिहासिक किल्ला पुनर्निर्माणको कार्य सम्पन्न गरेको छ। जस अन्तरर्गत कैलाली स्थित देवी दल गण अत्तरिया तेघरीले गोदावरी नगरपालिकाको वडा नम्बर १२ मा रहेको तारागढीको पुनर्निर्माण गरेको छ। गोदावरी नगरपालिकामै पर्ने ताराकोटको पनि नेपाली सेनाले पुनर्निर्माण गरेको छ।


१६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। अत्तरिया तेघरीमा रहेको देवीदल गणले स्थानीय तहसँग समन्वय गरेर निर्माण गरिएका उक्त एतिहासिक किल्ला गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको हो।

आइतबार उक्त किल्ला पश्चिमी कमाण्डका सेनापती उपरथी प्रेम शाहीले गोदावरी नगरपालिकाका जनपतिनिधिलाई हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रममा पश्चिमी कमाण्डका सेनापती उपरथी प्रेम शाही , श्री नं २५ बाहिनी अड्डाका बाहिनीपती साहायक रथी पुरुषोतम ढकाल लगायत देवी दल गणका गणपति सुनिल मल्ल, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागि रहेको थियो। उक्त किल्लाको एतिहासिक महत्व रहेको छ। विगतमा अग्रेजहरुसँग लडाइ हुँदा राजाका सेनाहरु उक्त गढीमा बसेका थिए। सो समयमा निर्माण गरिएका गढीहरु जिर्ण थिए। तीसँगै अन्य स्थानमा रहेका ऐतिहास गढीहरु पुनर्निर्माण गर्ने नेपाली सेनाले जनाएको छ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...