भीमदत्तद्धारा श्वेतपत्र जारी, भ्रष्ट्राचारमा शुन्य सहनसिलता अपनाउने

Published on

महेन्द्रनगर ५ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्वेत्रपत्र जारी गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दे उक्त श्वेतपत्रमा पुर्ववर्ति सरकार तथा सुरेन्द्र विष्ट नेतृत्वको सरकारले व्यापक आर्थिक अनियमितता गरी नगरपालिकालाई आर्थिक व्यय भार थोपरेको ठहर गरेको छ । यो सगै नगरपालिकाले आगामी दिनमा आर्थिक मितव्ययितता अपनाउनुका साथै भ्रष्ट्राचारमा शुल्य सहनसिलता अपनाउने बताएको छ । नगर प्रवक्ता महेन्द्र खड्काले जारी गरेको उक्त श्वेतपत्रमा भीमदत्त नगरपालिकाको पुर्ववर्ति स्थानीय सरकारका पालामा विभिन्न शिर्षकमा आर्थिक व्ययभार पारेको उल्लेख गरिएको छ ।
नगरपालिकाको पूजिगत तर्फ हाल सम्मको भुक्तानी गर्न बाँकी रकम प्रशासनिक भवनको संघबाट प्राप्त हुने सम्पुरक (म्याचिङ्ग फण्ड) रकम रु. ६ करोड ७५ लाख बाहेक कुल पुजिगत दायित्व तिर्न बाँकी रकम रु. ३८ करोड ६८ लाख ४१ हजार ९ सय ९ र चालु तिर्न बाँकी रकम रु ६५ लाख ४६ हजार ८ सय ४० गरी जम्मा ३९ करोड ३३ लाख ८८ लाख ८ सय ३८ रकम तिर्न बाँकी रहेको उल्लेख गरिएको छ ।
यसका साथै उक्त समितिले श्रोत(बजेट) को सुनिश्चितता नभइ बोलपत्र आव्हान गरी ठेक्कापट्टा गरेको, पटक पटक ठूलो आकारमा रमकमान्तर गरिएको, श्रोतले धान्नै नसकिने किसिमका आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन रकम खर्च गरेको, नगरपालिकाको आन्तरिक श्रोतले धान्नै नसक्ने गरी कर्मचारी भर्ना गर्दा नगरपालिकालाई थप व्ययभार पर्न गएको, इन्धन र मर्मत खर्चमा मितव्ययितता तथा पारदर्शिता नअपनाएको विकास निर्माणका काम ठुलो मात्रामा कोटेशनबाट गराइएको ठहर गरेको छ । श्वेत पत्रमा यो भीमदत्त नगरपालिकाको वर्तमान पदम बोकटी नेतृत्वको सरकारले उक्त अनिमियतालाई घटाई व्ययभार घटाउँदै जाने उल्लेख गरिएको छ । नगरपालिकाको तिर्नु बाँकी नियमसंगत रकम तथा दायित्वलाई आन्तरिक स्रोतले मात्रै धान्न नसक्ने हुँदा यसका लागि संघ तथा प्रदेश सरकार संग पहल गर्दै वित्तिय दायित्वलाई क्रमशः घटाउँदै आवश्यक निर्माणका कार्यक्रमहरु संचालन गर्दै जाने उल्लेख गरेको छ ।
यसका साथै नगरपालिका भित्र भएका अनियमिततालाई छानविनको दायरामा ल्याई पारदर्शिता तथा सुशासन कायम गर्ने बताएको छ । पुर्ववर्ति स्थानीय सरकारले गरेका असल कामलाई निरन्तरता दिदै जाने, बोझिलो कर्मचारी संयन्त्रलका कारण नगरपालिकालाई परेको आर्थिक व्ययभारलाई न्यून गर्न संगठन सर्वेक्षण अनुसार र औचित्यको आधारमा दरबन्दी पुनरावलोकन गरिने र आवश्यक कर्मचारी योग्यता प्रणालीका आधारमा मात्र भर्ना गरिने उल्लेख गरिएको छ ।
नगरपालिकाले आगामी दिनमा भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अपनाउने र नगरपालिका भित्र पालिकाका १९ वटै वडा कार्यालयबाट सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सहज र सरल रुपमा सेवा प्रदान गरिने तथा कँहिकतै सेवा प्रवाहमा अनावश्यक झन्झट गरी सेवाग्राहीलाई नियतवस् दुःख दिन खोजे सम्बन्धित कर्मचारीलाई नियमानुसार आवश्यक कारवाही गरिने र यसका लागि पालिमा हेल्प डेस्क, टोल फ्री नम्बर र उजुरी पेटीकाको व्यवस्था गरिने बताएको छ । भीमदत्त नगरपालिकाको नयाँ कार्यसमितिको पहिलो नगर सभा ७ गते आयोजना हुने बताएको छ ।

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...