यस्तो छ बेदकोट नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

Published on

महेन्द्रनगर ८ असार । कञ्चनपुरको बेदकोट नगरपालिकाले आर्थिक वर्ष २०७९ /०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले बुधवार नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रस्तुत छ बेदकोट नगरपालिकाको आर्थिक वर्ष २०७९ /०८०को नीति तथा कार्यक्रम –

– स्थानीय तहको लागि संविधानले व्यवस्था गरेका अधिकारका सूची अन्तर्गत रही निर्माण
बाँकी रहेका आवश्यक कानून बनाउने कार्यलाई प्राथमिकता दिईनेछ ।
– ग्रामिण विद्युतिकरण र सडक कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
– स्थानीय आवश्यकता पहिचान गरी महिला, बालबालिका, दलित, अपाङ्ग, आदिवासी
जनजाती, जेष्ठ नागरिक, पिछडिएका वर्ग, अल्पसंङ्ख्यक, तेस्रो लिङ्गी आदि बिशेष
लक्षित वर्गलाई विकासको मूलधारमा ल्याई विकासमा सहभागी गराईनेछ ।
– नगरपालिकाको आन्तरिक आम्दानीका श्रोतको पहिचान गरी आन्तरिक आम्दानी बढाउने
कामका लागि राजश्व शाखाको क्षमता अभिबृद्धि गरिनेछ ।
– नगरक्षेत्रमा रहेका व्यवसायिहरुको अभिलेख राखी सबैलाई करको दायरामा ल्याईने छ ।
– कर शिक्षा अभियानलाई घरदैलोमा पुर्याउने कामका लागि वडा समिति, उद्योग वाणिज्य
संघको सहकार्यमा सामाजिक परिचालक एवं सरोकारवालालाई परिचालन गरिनेछ ।
– करका दरहरुलाई समय सापेक्ष संसोधन गरी लागु गरिने छ ।
– सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाईनेछ ।
– नगर क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, टोल बजार, सामुदायिक संस्था आदिमा
सौर्य सडक बत्तीको व्यबस्था गरिनेछ ।
– नगरका उत्कृष्ट काम गर्ने कर्मचारी, उपभोक्ता समिति, गैर सरकारी संस्थालाई पुरस्कृत
गरिनेछ ।
– शिक्षा, स्वास्थ्य, यातायात, कृषि, उद्योग आदि क्षेत्रसँग नगरपालिकाको हित अनुकूल
सार्वजनिक/निजि साझेदारी (PPP) पब्लिक पार्टनरसिप प्रोग्राम संचालन गरिनेछ ।
– राज्यका तिन खम्बे अर्थ नीति – सार्वजनिक, निजी र सहकारीको सिद्धान्तलाई अवलम्बन
गरि काम गरिनेछ ।
– विभिन्न कोषहरुको कार्यविधि बनाई लागु गरिनेछ ।
– योजना संचालन गर्दा वातावरण मैत्री बनाईनेछ ।
– जनतालाई प्रत्यक्ष फाइदा हुने, तत्काल प्रतिफल मिल्ने रोजगारीको अवसर श्रृजना हुने
खालका योजनालाई प्राथमिकता दिइनेछ ।

– नगर भित्रका धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वर्द्धन गर्ने एवं विभिन्न
जातजातीहरुको धर्म संस्कृति कलाको संरक्षण सम्वर्धन गर्ने, धार्मिक पर्यटनलाई बढावा
दिईनेछ ।
– पर्यटन क्षेत्रको विकास गर्न “होम स्टे” व्यवसाय संचालनलाई प्रोत्साहन गरिनेछ ।
– सामाजिक विकास र विकास निर्माणका काममा महिलाको अर्थपूर्ण सहभागिता गराईनेछ

– संघ र प्रदेश सरकारको सहयोग र सहकार्यमा नगर क्षेत्र भित्र रहेका नदी नालाबाट हुने
क्षतिको रोकथाम गर्ने कार्य गरिनेछ ।
– यस नगरपालिकाको सिमावर्ती वडाहरुमा जंगली जनावर, हात्ती, बँदेलबाट घर भत्काउने,
अन्यवाली नोक्सानी गर्ने कार्य प्राय: भईरहेको एंव जंगली जनावरको आक्रमणबाट
मानवीय क्षती समेत हुने गरेकोले सोको रोकथामका लागि सुरक्षाको व्यवस्था एवं राहत,
क्षतीपूर्तिको व्यवस्था तथा दिर्घकालिन संरक्षणको उपाय अपनाइनेछ ।
– विपद व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु संचालन गर्दा विपदमा परेका व्यक्तिको आय
आर्जन हुने कार्यक्रमहरुलाई समेत मध्यनजर गर्दै लगिनेछ ।
– नगरवासीलाई सर्वसुलभ न्याय प्रदान गर्न वार्ड स्तरबाटै मेलमिलाप प्रक्रियालाई लागु
गरिनेछ । मेलमिलापकर्ताहरुलाई तालिम प्रदान गरी वार्ड वार्डमा मेलमिलापकर्ताहरुलाई
सूचिकृत गरिनेछ ।
– सेवा प्रवाहलाई सूचना तथा संचार प्रविधिसँग आवद्ध गरिदै लगिनेछ ।
– कर्मचारीको मनोवल उच्च राख्दै कामप्रति पूर्णजिम्मेवार र जवाफदेही, कर्तव्य निष्ठ हुने
व्यवस्था मिलाईनेछ ।
– नगर क्षेत्रभित्र निर्माण गरिने सरकारी भवन तथा संरचनाहरुको नक्सापास अनिवार्य गर्ने,
बालमैत्री, फरक क्षमता भएका व्यक्ति मैत्री तथा वातावरण मैत्री भवन निर्माण गर्न
आवश्यक पहल गरिनेछ ।
– बिषादी युक्त उत्पादनलाई निरुत्साहित गर्दै अर्गानिक व्यवसायिक कृषि प्रवर्धनमा जोड
दिईनेछ ।
– प्रदेश सरकारसँगको सहकार्यमा “कम्पोष्ट मल कारखाना” को स्थापना गरिनेछ ।
– एक घर एक करेसाबारीको नीति लिईनेछ ।

– किसानको उत्पादनलाई सिधा उपभोक्ता सम्म पुर्याउन हाट बजार संचालन तथा
व्यवस्थापन गर्न आवश्यक पहल गरिनेछ ।
– कृषकद्वारा जमिन बंजड राख्ने कार्यलाई निरुत्साहित गर्दै खेती वा वृक्षारोपण गर्न उत्साहित
गरिनेछ ।
– नगदेबाली उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहित गरिनेछ ।
– मठ मन्दिर तथा धार्मिक क्षेत्र भित्र धार्मिक महत्वका बिरुवाहरु रोपिनेछ ।
– नगर क्षेत्रभित्र रहेका राष्ट्रिय वन, सामुदायिक वन क्षेत्रमा आय आर्जनका कृयाकलाप
संचालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ तथा सडक वरपर वृक्षारोपण गरी
“हरियो नगर” कार्यक्रम संचालन गर्न आवश्यक पहल गरिनेछ ।
– फोहर मैलालाई स्रोतमै वर्गिकरण गरी व्यवस्थापन गर्न व्यापक जनचेतनामूलक कार्यक्रम
संचालन गरी कोसो प्रचार प्रसार गरिनेछ ।
– वागवानी क्षेत्रको विकास गर्ने तथा फलफूल खेतीको विस्तार गरिनेछ ।
– Landfill side निर्माणका लागि उपयुक्त जग्गाको खोजी गरी डि.पि.आर. गरी
व्यवस्थापनको आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
– चक्लाबन्दी र सहकारी खेती प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
– मासुजन्य पसलको नियमित अनुगमन गर्नुका साथै वैज्ञानिक वधशालाको निर्माण गर्न तर्फ
पहल गरिनेछ ।
– व्यवसायिक कृषि तथा पशुपालन व्यवसायलाई प्रोत्साहित गरिनेछ ।
– लोपोन्मुख बालीनालीको बीज संकलन गरी मूल बिउ उत्पादन गर्दै पुन: खेती गर्ने कार्यलाई
प्राथमिकतामा राखिनेछ ।
– अर्सि, चना, मसुरो जस्ता बालीनालीको उत्पादन बृद्धि गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने
कार्यक्रम ल्याईनेछ ।
– विद्यालयमा विद्यालय उमेरको बच्चा भर्ना तथा ‘पूर्ण साक्षर नगरपालिका घोषणा’
कार्यक्रममा जोड दिईनेछ ।
– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण संकटमा रहेको विद्यालय शिक्षा
प्रर्वधन गर्ने नीति लिईनेछ ।
– समुदाय स्तरमा संचालित स्वास्थ्य संस्थाहरुको व्यवस्थापन र प्रभावकारी सेवा प्रवर्धनमा
जोड दिइनेछ ।

– सुरक्षित प्रसुति सेवा संचालनका लागि आवश्य व्यवस्था गरिनेछ ।
– कुपोषणका कारण शारीरिक तथा मानसिकविकासमा कठिनाई हुने हुँदा कुपोषणका
समस्या समाधान गर्न उचित पहल गरिनेछ ।
– नगरपालिकाको सामाजिक विकास शाखा अन्तरगत NGO DESK स्थापना गरी
कृयाशिल बनाईनेछ ।
– नगर क्षेत्रको दिगो विकास गर्न सरकारी तथा गैर सरकारी संघ संस्था तथा सहकारीहरुसँग
समन्वय गरी अगाडी बढ्ने र संघ संस्थाको आफ्नो कार्यक्रम नगरपालिकाबाट स्वीकृत
गराई कार्यान्वयन गराईनेछ ।
– नगरलाई स्वच्छ, सफा, वातावरणमा राख्नका लागि सामुदायिक वनहरु, विद्यालय तथा
सहकारी संस्थाहरुसँग समन्वय गरी “हरित नगर र स्वच्छ वातावरण” को नगर बनाउने
निति तयार गरी अगाडी बढ्ने नीति लिईनेछ ।
– लक्षित समूह विकास कार्यक्रमलाई प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयनमा
राखिनेछ ।
– महिला, आदिवासी/जनजाती, दलित, अपाङ्ग, जेष्ठ नागरिक, अल्पसंख्यक, तेस्रो लिङ्गी,
पिछडीएको वर्ग लगायत अन्य आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्ग समुदायको
माग बमोजिम छनौट भएका विकास आयोजना तथा कार्यक्रम कार्यान्वयनमा वहाँहरुलाई
प्राथमिकताको आधारमा सहभागी गराउने नीतिलाई जोड दिईनेछ ।
– महिला स्वास्थ्य स्वयम सेविकाको लागि तालिमको व्यवस्था गरिनेछ । आमा समूहको
क्षमता अभिबृद्धि गरिनेछ ।
– महिला, बालबालिका, अपाङ्ग भएका व्यक्ति, जेष्ठ नागरिक, दलित, आदिवासी/जनजाती
पिछडिएका वर्ग लैङ्गिक तथा यौनिक अल्पसंङ्ख्यक, सुकुमबासी, विपन्न सिमान्तकृत
जस्ता लक्षित वर्गको जीवनस्तर सुधार गर्न विशेष कार्यक्रमहरु संचालन गर्ने ।
– नगर भित्र रहेका आर्थिक र शैक्षिक रुपमा विपन्न महिलाहरुलाई विभिन्न सीपमूलक
कार्यक्रम संचालन गरी उनीहरुलाई आर्थिक र सामाजिक रुपमा सशक्तिकरण गरिनेछ ।
– नगरका किशोरीहरुका लागि जीवन उपयोगी र शिक्षा र आत्मसुरक्षा तालिमका साथै
लैङ्गिक मैत्री बनाउन आवश्यक कार्यहरु गरिनेछ ।
– एकल तथा द्वन्दपिडित एकल महिलाहरुको आत्म सम्मान बढ्ने आर्थिक विकास तथा
स्वावलम्बनको कार्यक्रम ल्याईनेछ ।

– थारु जातीमा रहेको “भलमन्सा” र “बडघर” परम्पराको संरक्षण तथा सम्वर्धन गरिनेछ ।
– फरक क्षमता भएका नागरिकहरुका लागि क्षमता विकास, रोजगारी तथा आयमूलक
कार्यक्रमहरु संचालन गरिनेछ ।
– पूर्वाधार निर्माण गर्दा महिला मैत्री, बालमैत्री तथा अपाङ्ग मैत्री निर्माणमा जोड दिईनेछ

– छुवाछुत, छाउपडी एवं भेदभाव मुक्त नगर बनाउन विशेष कार्यक्रम संचालन गरिनेछ ।
– बाल विवाह मुक्त नगर बनाउन विशेष कार्यक्रम संचालन गरिनेछ ।
– नगरका समस्या र सवालहरुलाई सम्वोधन गर्नका लागि नगर संवाद समूह स्थापना गरी
दक्ष जनशक्ति छनौट गरी तालिम प्रदान गरिनेछ ।
– नगर क्षेत्रको शहरी सुशासन प्रभावकारीता ल्याउन सडकमा जथाभावी छाडिएका
पशुपंक्षी, सडक क्षेत्रमा अवरोध पुग्ने गरी राखिएका पसल एवं निर्माण सामग्री हटाउने
कार्यलाई कडाईका साथ अगाडी बढाईनेछ ।
– सेवाग्राहीमा सुशासनको प्रत्याभूती दिलाउन नागरिक वडा पत्रमा समय सापेक्ष परिवर्तन
गरी सो का आधारमा सेवा प्रदान गरिनेछ ।
– नगरपालिकाका गतिविधि बारे नगरवासीहरुमा जानकारी गराउन समिक्षा बैठक,
सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरु संचालन गरी नियमित पत्रकार भेटघाट कार्यक्रम
आयोजना गरिनेछ ।
– नगरका न्यूनतम मापदण्ड पुरा भएका सडकहरुको निर्माणलाई प्राथमिकता दिईनेछ ।
– नगरमा शान्ति तथा सुरक्षा कायम गराउन सुरक्षा निकायसँगको सहकार्यमा विभिन्न
कार्यक्रम गरिनेछ ।
– नगरको राजश्व संभावनाको खोजी तथा पहिचान गरी स्थानीय स्तरमा उपलब्ध स्रोत
साधनको उच्चतम प्रयोग मार्फत नगरको सम्बृद्धिको लागि “राजश्व सम्भाव्यता” अध्ययन
गरिनेछ ।
– आधुनिक प्रविधिको प्रयोगबाट राजश्व चुहावटलाई थप नियन्त्रण गरिनेछ ।
– आन्तरिक आय अभिबृद्धि गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने करदाताहरुबाट सबै भन्दा
बढी राजश्व बुझाउने करदाता छनौट गरी पुरस्कृत गरिनेछ ।
– संविधान र प्रचलित कानून बमोजिम स्थानीय तहले संकलन गर्ने करका क्षेत्र पहिचान गर्दै
करको दायरा बृद्धि गर्दै लगिनेछ ।

– “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई उच्च स्थानमा राख्दै
खेलकुदका विभिन्न कार्यक्रमहरु संचालन गरिनेछन् ।
– नगर क्षेत्र भित्र रहेका खेल मैदानलाई स्तरोन्नती गर्दै मिनि कभर्डहल निर्माणका लागि
आवश्यक पहल गरिनेछ ।
– खेलकुद क्षेत्रका अन्य पूर्वाधार विकासका लागि समन्वयकारी भूमिका निर्वाह गरिनेछ ।
– युवालाई कला संस्कृतिको जगेर्ना तथा साहित्य रचनामा आकर्षित गर्न विशेष कार्यक्रम
संचालन गरिनेछ ।
– नगर भित्र रहेका ऐतिहासिक धार्मिक सांस्कृतिक एवं प्राकृतिक महत्वका सम्पदाहरुको
संरक्षण विकास र प्रचार प्रसार गरी पर्यटन प्रवाहलाई बृद्धि गर्न आवश्यक पहल गरिनेछ ।
– नगर प्रमुख तथा उपप्रमुख खेलकुद कार्यक्रमलाई निरन्तरता दिईनेछ र खेलाडीको
भविष्यका साथै सुरक्षाको नीति कार्यान्वयन गरिनेछ ।
– कृषि, पशु, सहकारी जस्ता आर्थिक विकासका सम्भावनाका क्षेत्रमा लगानी बढाउँदै जाने
नीति अवलम्बन गरिनेछ ।
– सहकारी तथा सामुदायिक संस्थाको अग्रसरतामा घरेलु तथा साना उद्योगको विकास र
परम्परागत पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता मार्फत स्वरोजगार प्रवर्द्धनमा
जोड दिईनेछ ।
– दैजी औद्योगिक क्षेत्रमा उद्योगको स्थापना र विकास गर्न आवश्यक सम्पूर्ण प्रयत्नहरु
गरिनेछन । उद्योग क्षेत्रको भोगाधिकार प्राप्त गर्न बाँकी रहेको कार्यलाई छिट्टै सम्पन्न गरी
उद्योग क्षेत्रमा आवश्यक पूर्वाधारहरु निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।
– जनतासँग वि.पी. कार्यक्रम अन्तर्गत नगरपालिकाको कार्यालय नजिकैको खुला क्षेत्रमा
प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. जननायक वि.पि.कोईरालाको नाममा एउटा उद्यान
निर्माण गरिनेछ ।
– विपन्न दलित समुदायको छानो मर्मत कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– दलित समुदायको परम्परागत संस्कृति बाजा संरक्षणका विभिन्न कार्यक्रम संचालन
गरिनेछ ।
– दलित समुदायको परम्परागत सिपको संरक्षण गरी उद्योगको रुपमा स्थापना गर्न अनुदान
एवं तालिमका कार्यक्रम संचालन गरिनेछ ।
– लालपूर्जा वितरणमा दलित समुदायको लागि न्यूनतम शुल्क निर्धारण गर्न पहल गरिनेछ ।

– दलित समुदायलाई कृषिमा आत्मनिर्भर गर्न कृषि अनुदान एवं तालिम कार्यक्रम संचालन
गरिनेछ ।
– आदिजासी/जनजाती महिलाहरुमा मौसमी र बेमौसमी तरकारी खेती संचालन अनुदान
एवं तालिम कार्यक्रम संचालन गरिनेछ ।
– घरेलु उद्योगमा महिलाहरुको सहभागिता कार्यक्रम एवं तालिम संचालन गरिनेछ ।
– रानाथारु चौधरीहरुको संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
– महिलाहरुको नेतृत्व विकास कार्यक्रम संचालन गरिनेछ ।
– विद्यालयमा विद्यार्थीहरुका लागि खेलकुद सामग्री वितरण गरिनेछ ।
– प्राथमिक उपचारका लागि विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरिनेछ ।
– बाल क्लब गठन तथा पुर्नगठन कार्यक्रम संचालन गरिनेछ ।
– “मेरो छोरा मेरो जिम्मेवारी” कार्यक्रमका लागि अभिभावकसँग छलफल अन्तरक्रिया
संचालन गरी अभिभावकलाई जिम्मेवारीपूर्ण बनाइनेछ ।
– सुडा स्वास्थ्य चौकी र दैजी स्वास्थ्य चौकीमा प्रत्येक महिनाको १ पटक विशेषयज्ञ
डाक्टरको व्यवस्था स्वास्थ्य सेवालाई सहज र सुलभ बनाइनेछ ।
– विपन्न, दलित, आदिजासी/जनजाती, थारु, लोपोन्मुख जाती, मुक्त कमैया, मुक्त हलिया
लगायत जोखिमपूर्ण काम गर्ने नगरबासीको प्रति वार्ड ५० जनाको दरले ५०० जनाको
रु.२,००,०००।–(अक्षरेपी दुई लाख मात्र) को दुर्घटना तथा जोखिम बिमा गरिनेछ ।
यसको प्रिमियम बाफतको रकम न.पा.ले नै व्यहोर्नेछ ।
– नगरपालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुको रु.२,००,०००।–
(अक्षरेपी दुई लाख मात्र)को दुर्घटना बिमा गरिनेछ । यसको प्रिमियम बाफतको रकम
नगरपालिकाले नै व्यहोर्नेछ ।
– नगरपालिकालाई विभिन्न क्षेत्रमा आवश्यक पर्ने विशिष्ट परामर्शका लागि “विज्ञ समुह”
गठन गरिनेछ ।
– सामुदायिक वन उपभोक्ता र जिल्ला वन कार्यालयसँग समन्वय गरी वृक्षारोपणका साथै
वन संरक्षणका विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
– भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नाप जाँच गरी
लालपूर्जा वितरण गर्न सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न कार्यक्रम संचालन
गरिनेछ ।

– दैजीमा १५ सैय्याको अस्पताल निर्माण व्यवस्थापनका लागि आवश्यक पहल गरिनेछ ।
– आगामी आ.व.२०७९।०८० देखि निश्चित कार्यविधि(मापदण्ड) तयार गरी प्रति वार्ड
बढीमा १० जनाका दरले कृषि बिमा कार्यक्रम लागु गरिनेछ ।
– सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी , वालविकास सहयोगि शिक्षक
विगतमा जिविसबाट हस्तान्तरित भईआएका शिक्षकहरुलाई प्रोत्साहन गर्न आवश्यक
कार्यक्रमको व्यवस्था गरिनेछ ।
– हाल विद्यालयमा कार्यरत शिक्षकले अपुग भएका विद्यालयमा थप शिक्षकको व्यवस्थाका
लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिनेछ ।
– बेदकोट नगरपालिकाका गौरबका आयोजनाहरु (क्रिकेट स्टेडियम, कवर्डहल, कोल्डस्टोर,
बेदकोटधाम, लिङ्गेश्वरधाम, बेदकोट रिङ्ररोड, शुक्लाफाटा निकुन्जभइ बग्ने राधानदीमा
तटबन्द र मेसवाइर सहितको बाहिरि सडक आदि) लाई निरन्तरता दिइनेछ ।
– जेष्ठनागरिकहरुको सम्मानका विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
– बेदकोट नगरपालिकामा रहेका विभिन्न साना तथा ठूला खोलाबाट हुने कटानलाई रोक्न
उच्च प्राथमिकता दिइनेछ ।
– बेदकोटमा सडक पहुच नभएका वस्ती टोलमा सडक विस्तार गरी सडकको पहुच
पुर्याइनेछ ।
– संधिय सरकार प्रदेश सरकार र दात्रिनिकायसमेतको सहयोगमा भुमिहिन सुकुम्बासी तथा
दलित हरुका लागि आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– भूउपयोग नीति तर्जुमा गरी कार्यान्वयन गरिने छ ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...