श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर अवतरण

Published on

काठमाडौं ३० असार । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर पुगेका छन् । उनलाई नीति भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिङ्गापुर आएको स्थानीय सञ्चार माध्यमहरूले समेत समाचार लेखेका छन् । स्थानीय समयअनुसार बिहीबार बेलुका ७।१७ बजे उनी सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन् ।

राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उनको गन्तव्य सिङ्गापुर नै हो वा फेरि अन्यत्र जाने हो भन्ने बारेमा पनि एकिन नभएको जनाइएको छ ।आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बस्नुभएका राजापाक्षले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए। त्यहाँ उनी एक दिन बसेर सिङ्गापुर आएका हुन् ।उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ ।सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिएका छन् ।
रासस / सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...