दल दर्ता आजदेखि

Published on

काठमाडौं २२ साउन । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आइतबारदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ। सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिए। आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ।

ताजा समाचार

भोर्ले–दाहखानी सडकमा बजेट अभाव

काठमाडौं । चितवनको निर्वाचन क्षेत्र नंं. २ को पहाडी क्षेत्रमा जाने रणनीतिक सडकमा सरकारले...

बङ्गलादेशबाट एक हजार तीन सय स्वदेश फिर्ता

काठमाडौं । बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...

सवारी दुर्घटनामा कमी

काठमाडौं । धनुषामा विगतका तुलनामा आर्थिक वर्ष २०८०८१ मा सवारीसाधन दुर्घटनामा कमी आएको छ ।...

बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा...