पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

Published on

काठमाडौं २३ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस महिना देखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले विमानस्थललाई आगामी पुस १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो । विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ।

करिब २२ अर्ब रुपियाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ भने ल्यान्डफिल साइटको काम बाँकी छ। त्यस्तै विमानस्थल रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानका लागि हाल रुख कटानको काम भइरहेको प्राधिकरणले जनाएको छ। छ सय रुखमध्ये चार सय बढी रुख कटान भइसकेको र डाँडा कटान थाल्नेसमेत तयारी छ। दुई हेक्टर क्षेत्रफलमा फैलिएको उक्त डाँडाको दुई थुम्का कटानका लागि गत फागुन २० मा मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। विमानस्थलको रनवेबाट पूर्वपट्टि करिब दुई किलोमिटरको दूरीमा रहेको सो डाँडा करिब ४० मिटर काट्नुपर्नेछ।

विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई ध्यानमा राखेर उक्त डाँडा कटान गर्नुपरेको हो। प्रारम्भिक सर्भेअनुसार तीन लाख ७० हजार घनमिटर माटो कटान गर्नुपर्नेछ। सन् २०२१ को जुलाईभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय गौरवको आयोजनाको अहिलेसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। प्यासेन्जर, टर्मिनल, एटीसी टावर, ह्याङ्गर, कार्गोलगायत सबै १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ। विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गर्ने ठेक्का पाएको थियो।

नयाँ विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पुरानो विमानस्थलको जग्गा उपयोग गर्न प्राधिकरणले योजना बनाउन सुरु गरेको छ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...