चीनद्वारा ताइवान वरपर नयाँ सैन्य अभ्यासको घोषणा

Published on

काठमाडौं २३ साउन । चीनको सेनाले सोमबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासको घोषणा गरेको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेई भ्रमणको विरोधमा गरेको सबैभन्दा ठूलो अभ्यासको निर्धारित अन्त्यको एक दिनपछि चीनले सो घोषणा गरेको हो ।

चीनको पूर्वी थिएटर कमाण्डकाअनुसार पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित संयुक्त अभ्यास गर्नेछ । यसले बेइजिङले ताइवानको प्रतिरक्षामा दबाब जारी राख्ने केही सुरक्षा विश्लेषकहरू र कूटनीतिज्ञहरूको डरलाई पुष्टि गरेको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।अब हुने अभ्यासको अवधि र स्थान अझै अज्ञात छ । तर, ताइवानले टापु वरिपरि चीनले अभ्यास गरेको ६ वटा क्षेत्रहरू नजिक उडान प्रतिबन्धहरू कम गरिसकेको छ । यता, ताइवानले पनि मंगलबार र बिहीबार चीनलाई जवाफ दिन सैन्य अभ्यास गर्ने घोषणा गरी तयारी सुरु गरेको जनाएको छ । पछिल्लो अभ्यासको घोषणा हुनुभन्दा केही समयअघि ताइवानका राष्ट्रपति साई इङ–वेनले सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सका प्रधानमन्त्री राल्फ गोन्सालभ्सलाई भेटेकी थिइन् । चीनको सैन्य दबाबको बाबजुद पनि ताइवान भ्रमण गर्ने दृढ संकल्पले आफू प्रेरित भएको उनको भनाइ छ ।

“प्रधानमन्त्री गोन्साल्भिसले हालैका दिनमा चिनियाँ सैन्य अभ्यासले उहाँलाई ताइवानमा साथीहरूलाई भेट्नबाट रोक्न सक्दैन भन्नुभयो । यी कथनहरूले हामीलाई गहिरो छोएको छ,” ताइपेईमा गोन्साल्भिसको स्वागत समारोहमा साईले भनिन् । रोयटर्स

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...