चीनद्वारा ताइवान वरपर नयाँ सैन्य अभ्यासको घोषणा

Published on

काठमाडौं २३ साउन । चीनको सेनाले सोमबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासको घोषणा गरेको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेई भ्रमणको विरोधमा गरेको सबैभन्दा ठूलो अभ्यासको निर्धारित अन्त्यको एक दिनपछि चीनले सो घोषणा गरेको हो ।

चीनको पूर्वी थिएटर कमाण्डकाअनुसार पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित संयुक्त अभ्यास गर्नेछ । यसले बेइजिङले ताइवानको प्रतिरक्षामा दबाब जारी राख्ने केही सुरक्षा विश्लेषकहरू र कूटनीतिज्ञहरूको डरलाई पुष्टि गरेको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।अब हुने अभ्यासको अवधि र स्थान अझै अज्ञात छ । तर, ताइवानले टापु वरिपरि चीनले अभ्यास गरेको ६ वटा क्षेत्रहरू नजिक उडान प्रतिबन्धहरू कम गरिसकेको छ । यता, ताइवानले पनि मंगलबार र बिहीबार चीनलाई जवाफ दिन सैन्य अभ्यास गर्ने घोषणा गरी तयारी सुरु गरेको जनाएको छ । पछिल्लो अभ्यासको घोषणा हुनुभन्दा केही समयअघि ताइवानका राष्ट्रपति साई इङ–वेनले सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सका प्रधानमन्त्री राल्फ गोन्सालभ्सलाई भेटेकी थिइन् । चीनको सैन्य दबाबको बाबजुद पनि ताइवान भ्रमण गर्ने दृढ संकल्पले आफू प्रेरित भएको उनको भनाइ छ ।

“प्रधानमन्त्री गोन्साल्भिसले हालैका दिनमा चिनियाँ सैन्य अभ्यासले उहाँलाई ताइवानमा साथीहरूलाई भेट्नबाट रोक्न सक्दैन भन्नुभयो । यी कथनहरूले हामीलाई गहिरो छोएको छ,” ताइपेईमा गोन्साल्भिसको स्वागत समारोहमा साईले भनिन् । रोयटर्स

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...