चीनले रुसी आक्रमणलाई सहयोग गर्न रेलमार्फत सैन्य उपकरण पठाउँदै

Published on

काठमाडौं २३ साउन । आधिकारिक रूपमा चीनले रुसलाई सैन्य समर्थन गर्दैन । चीन रुस—युक्रेन मुद्दामा एक निश्चित दुरी राख्न चाहन्छ । तर, चीनद्वारा निर्मित सेनाका बन्दोबस्तीका उपकरणहरू रोस्तोभको रेल स्टेसनमा देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था बुल्गेरियनमिलिटरी डट कमले जनाएको छ ।

एक भिडियोले रोस्तोभको स्टेसनमा उपकरणले भरिएको रेलगाडीहरूको आवागमन रेकर्ड गरेको छ । भिडियोमा पहिले बहुउद्देश्यीय सवारीसाधन देखिन्छ । चीनमा निर्मित इभेको भीएम ९० नाभेको कन्सोर्टियम )चीनको नान्जिङ मोटर समूह कम्पनी र इटालीको फिएट इभेकोसँगको संयुक्त लगानी)ले बनाएको हो ।यस प्रकारका सवारी साधनहरू सन् १९९९ मा चिनियाँ राष्ट्रिय मुक्ति सेनासँगै सेवामा प्रवेश गरेका हुन् । त्यसपछि धेरै संस्करणहरूमा व्यापक रूपमा प्रयोग गरिएको पाइन्छ ।रोस्तोभमा यो गाडी देखिनुको कारण रुसलाई गाडीहरू चाहिएको हुनुसक्ने अनुमान गरिएको छ । युद्धको सुरुवातमा गाडीहरूमा ठुलो हानिले रुसीहरूलाई अस्थायी रूपमा गोला बारुदको सहज आपूर्ति सुनिश्चित गर्न थप गाडीहरू चाहिएको छ । यस्तै, त्यहाँ यसअघि पहिले नै उकरणको ढुवानी सुरु भएको आँकलन गरिएको छ ।

बुल्गेरियनमिलिटरीकाअनुसार रोस्तोभमा चिनियाँ उपकरणको उपस्थितिको अर्थ त्यहाँ पहिले नै सम्भवतः रेलबाट सामानहरू लगिएको छ ।युक्रेनको युद्धमा चीनको उपकरण—सहभागिता उनीहरूका लागि युद्धको अवस्थामा सैन्य उपकरणको परीक्षण हुन सक्ने बताइएको छ । तर, उनीहरूमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनुको कारण पनि हुन सक्ने बताइएको छ । चीनको वर्तमान समस्याहरूलाई ध्यानमा राख्दा यस्ताकार्यले चीनका लागि फाइदाजनक हुन नसक्ने यसको टिप्पणी छ । बुल्गेरियनमिलिटरी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...