इजरायलले एक हजार श्रमिक लैजाने

Published on

काठमाडौं ३१ साउन। इजरायल सरकारले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच सोमबार मन्त्रालयमा भएको भेटका क्रममा गोदेरले सोबारेमा जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार भेटका क्रममा विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा राजदूत गोदेरले इजरायल सरकारले एक हजार नेपाली श्रमिक कृषि कामका लागि लैजाने विषयमा टुङ्गो लगाएको जानकारी दिए ।

साथै भेटका अवसरमा मन्त्री कुँवरले सहायक कामदारका रूपमा छनोटमा परेर करिब पाँच सय नेपाली युवा इजरायल जान बाँकी रहेकाले उनीहरूलाई छिटोभन्दा छिटो इजरायल लैजाने वातावरण बनाइदिन राजदूत गोदेरलाई अनुरोध गरे।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...