प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच निर्वाचन सम्बन्धमा छलफल

Published on

काठमाडौं ८ भदौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार करिब डेढ घण्टा छलफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा समक्ष एमाले अध्यक्ष ओलीले मुख्य चार वटा बुँदामा आफ्नो कुरा राखेका थिए । एमाले अध्यक्ष ओलीसहित उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङ बालुवाटार पुगेका थिए।

भेटवार्ताको पहिलो बुँदामा समसामयिक राजनीतिक, संविधान, लोकतन्त्र र आगामी निर्वाचन सम्बन्धमा छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।नेम्वाङले भने,“हामीले अपनाएको लोकतन्त्रमा प्रतिस्पर्धाको राजनीति स्वभाविक हो। तर, तपाईंहरुको यो सरकारले प्रतिस्पर्धाको होइन, निषेधको राजनीति, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिएर छलफल गर्दै चल्नुपर्नेमा, प्रतिपक्षीलाई घेराबन्दी गर्ने र यो ढंगले अगाडि बढ्ने गर्नुभएको छ भनेर अध्यक्षले भने।” यससँगै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वस्थ, स्वच्छ र भयरहित बनाउन सहयोग रहने एमाले अध्यक्ष ओलीले बताएका छन् ।देउवा–ओली भेटवार्तामा महँगी नियन्त्रण गर्न कडाइका साथ ध्यानाकर्षण गरिएको एमाले नेताहरुले बताएका छन्। भेटवार्तामा प्रधानमन्त्री देउवाले यी कुराहरुमा आफू सकारात्मक रहेको र यो विषय गठबन्धनभित्र पनि राख्ने बताएको एमाले नेताहरुले जानकारी दिएका छन् ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...