प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच निर्वाचन सम्बन्धमा छलफल

Published on

काठमाडौं ८ भदौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार करिब डेढ घण्टा छलफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा समक्ष एमाले अध्यक्ष ओलीले मुख्य चार वटा बुँदामा आफ्नो कुरा राखेका थिए । एमाले अध्यक्ष ओलीसहित उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङ बालुवाटार पुगेका थिए।

भेटवार्ताको पहिलो बुँदामा समसामयिक राजनीतिक, संविधान, लोकतन्त्र र आगामी निर्वाचन सम्बन्धमा छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।नेम्वाङले भने,“हामीले अपनाएको लोकतन्त्रमा प्रतिस्पर्धाको राजनीति स्वभाविक हो। तर, तपाईंहरुको यो सरकारले प्रतिस्पर्धाको होइन, निषेधको राजनीति, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिएर छलफल गर्दै चल्नुपर्नेमा, प्रतिपक्षीलाई घेराबन्दी गर्ने र यो ढंगले अगाडि बढ्ने गर्नुभएको छ भनेर अध्यक्षले भने।” यससँगै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वस्थ, स्वच्छ र भयरहित बनाउन सहयोग रहने एमाले अध्यक्ष ओलीले बताएका छन् ।देउवा–ओली भेटवार्तामा महँगी नियन्त्रण गर्न कडाइका साथ ध्यानाकर्षण गरिएको एमाले नेताहरुले बताएका छन्। भेटवार्तामा प्रधानमन्त्री देउवाले यी कुराहरुमा आफू सकारात्मक रहेको र यो विषय गठबन्धनभित्र पनि राख्ने बताएको एमाले नेताहरुले जानकारी दिएका छन् ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...