तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो

Published on

काठमाडौं १० भदौ । ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो । चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि सो प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ।प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुन्द्री तथा हवाई उडानलगायतका कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८.३ र समुद्री तथा हवाई लडाँ क्षमता बढाउनका सो लागि कार्यक्रम समावेश गरिएको छ । अर्को विशेष कोष समावेश भएमा कुल बजेट एनटीडी ५८६.३ अर्ब पुग्ने निक्की एशियाले रिपोर्ट गरेको छ। बजेट अब विधायिका युआनमा अनुमोदनको लागि पठाइनेछ जुन अर्को महिनादेखि शुरु हुँदैछ।पछिल्लो समय ताइवान बढ्दो चिनियाँ आक्रामकतासँग जुधिरहेको बताइएको छ । बेइजिङले यस महिनाको शुरुमा आफ्नो ताइवान वरिपरि आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास सञ्चालन गरेपछि आफ्नो सुरक्षा गर्ने क्षमतामा ताइवानलाई थप चिन्ता बढेको प्रतिवेदनले उल्लेख गरेका छन् ।

सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि पिपुल्स लिबरेसन आर्मीले ताइवान र यसको बाहिरी टापुहरू वरपर विमान, ड्रोन, क्षेप्यास्त्र र युद्धपोतहरूको तैनाथी बढाएको छ । रासस/एएनआई

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...