प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको बन्द सूची बुझाए

Published on

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक तर्फको बन्द सूची बुझाएका छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन निर्वाचन आयोग पुगेको थियो ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुग्नुभएको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो ।

एमालेले पनि रघुजी पन्तसहितका नेताहरुलाई राखेर बन्दसूची बुझाएको छ । नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सूची पेस गरेको छ ।

माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, सचिव लीलामणि पोखरेल, कोषाध्यक्ष श्रीराम ढकाल र नेता मुक्ति प्रधान समानुपातिक सूची लिएर आयोग पुग्नुभएको थियो । सङ्घ र प्रदेशतर्फको समानुपातिकको पूर्णसूची आयोगमा पेस गरिएको माओवादी नेता डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । जसअनुसार माओवादीले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम पेस गरेको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...