प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको बन्द सूची बुझाए

Published on

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक तर्फको बन्द सूची बुझाएका छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन निर्वाचन आयोग पुगेको थियो ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुग्नुभएको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो ।

एमालेले पनि रघुजी पन्तसहितका नेताहरुलाई राखेर बन्दसूची बुझाएको छ । नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सूची पेस गरेको छ ।

माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, सचिव लीलामणि पोखरेल, कोषाध्यक्ष श्रीराम ढकाल र नेता मुक्ति प्रधान समानुपातिक सूची लिएर आयोग पुग्नुभएको थियो । सङ्घ र प्रदेशतर्फको समानुपातिकको पूर्णसूची आयोगमा पेस गरिएको माओवादी नेता डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । जसअनुसार माओवादीले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम पेस गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...