सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने

Published on

काठमाडौं – सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिए ।

धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन् । त्यहाँ गहिरा खाल्डा खनिएका छन् । निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको बताउँदै उहाँले धरहरा कहिलेबाट सर्वसाधारणका लागि खुला गरिनेछ, यसै भन्न नसकिने स्पष्ट गरे।

धरहरा छेउमा युटिलिटी ब्लक निर्माण भइरहेको छ । ब्लक निर्माणका लागि खन्दा दूरसञ्चार प्राधिकरणका १८ हजार तार भेटिएका छन् । त्यहाँ काम गर्दा एकै पटक १८ हजार टेलिफोन लाइनमा समस्या आउने भएकाले सो ठाउँमा काम अगाडि बढाइएको छैन । त्यस्तै सुन्धारामा पहिलेजस्तै पानीको व्यवस्थापन हुनुपर्ने काम पनि बाँकी छ । धरहरा क्षेत्रमा आउने पानी र पानी निकासको काम गरेर मात्रै सुन्धारा क्षेत्रतर्फको काम गर्न काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ ।

धरहराको उद्घाटन गत २०७८ साल वैशाखमा गरिएको थियो । तीन अर्ब ४९ करोड रुपियाँको लागतमा धरहराको पुनःनिर्माण हुँदैछ । एकाइ प्रमुख अधिकारीले धरहरा निर्माणका लागि चौथो पटक म्याद थपिए पनि सो अवधिमा समेत निर्माण सम्पन्न हुन सक्ने अवस्था नरहेको बताए । पछिल्लो पटक आगामी पुस मसान्तसम्म म्याद थप गरिएको छ । यसअघि कोभिड–१९ को महामारीको कारण देखाउँदै म्याद थपिएको थियो । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...