गुराँस ठकुरीको देउडा गीत “लाई पिर्ता अधुरी रैगै” सार्वजनिक

Published on

काठमाडाैं- सुदूरपश्चिमकी चर्चित टिकटक भाइरल नव गायिका गुराँस ठकुरी र गायक तोयनाथ भट्टको देउडा गीत “लाई पिर्ता अधुरी रैगै” सार्वजनिक भएको छ । निरन्तर मिडिया प्रा.लि.को प्रस्तुतीमा रहेको उक्त देउडा गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त गीतमा तोयानाथ भट्ट र गुराँस ठकुरीले स्वर दिएका छन् भने लय गायक तोयनाथ कै रहेको छ । कुशुम डिजिटल रेकर्डिङ स्टुडियो अत्तरीयामा उक्त गीत रेकर्डिङ गरेको छ भने उक्त गीतलाई शेरबहादुर बोहराले मिक्सिङ गरेका छन् ।
निर्मल भण्डारी र कान्ति अवस्थीको शब्द रहेको उक्त लाई पिर्ता अधुरी रैगै गीतमा निक्कै मार्मिक शब्द समेटिएका छन् । प्रेम अधुरो रहेको, टाढा नजाउ, एकचोटी छुट्टिने बेला हेरिजाउ लगायतका ह्दयस्पर्शी शब्द समावेश गरेका छन् । उक्त गीतलाई दर्शकले मनपराउने गायक गायिकाहरुले विश्वास लिएका छन् ।

गुराँस ठकुरी कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिकाकी स्थानीय हुन् । उनी टिकटकमा देउडा गीत, गाउँबेसीमा गाइने गीत, झोडो, फाग, सगुन लगायत गाउँघरमा मेलापातमा गाईने स्थानीय शब्दहरु समेटिएका गीतहरु गाएर उनलाई दर्शकहरुले निक्कै मन पराएका थिए । फरक फरक भाकामा गीत गाउन लगाएर उनको प्रतिभाको उच्च मूल्यांकन गरेका थिए । उनको प्रतिभा देखेर उनलाई चर्चित देउडा गायक तथा हाँस्यकलाकार भानुभक्त जोशीले पनि सांगितिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । गायक जोशीले निरन्तर मिडियाबाट उत्पादक तथा वितरकमा सहयोग गरेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...