एमालेमा १३५ सिटका उम्मेदवारको टुङ्गो

Published on

काठमाडौं– नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा १३५ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो । पोखरेलका अनुसार पार्टीको आन्तरिक संघर्षपछि सहमति गरेर फर्किएका कतिपय नेताहरुको क्षेत्रमै सर्वाधिक विवाद छ । सहमतिपछि फर्किएका १० नेतामध्ये गोकर्ण विष्टको क्षेत्र गुल्मी १ मा मात्रै टुंगो लागेको छ ।

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोबीच टिकटको लडाइँ छ । मधेस प्रदेश, रुपन्देही, काठमाडौं, चितवन लगायतका जिल्लामा उम्मेदवार टुंग्याउन समस्या भएको छ ।

एमालेले झापामा नै सबै उम्मेदवार टुंगो लगाउन सकेन । राप्रपासँग सम्भावित तालमेलका लागि क्षेत्र नम्बर ३ खाली राखिएको छ । पोखरेलले टुंगो लगाउन नसकिएको क्षेत्रमा ‘थप परामर्श गरिने’ बताउनुभयो । एकल सिफारिस भएका अधिकांश क्षेत्र टुंगिएका छन् । तर, एकल सिफारिस भएको झापा १ मा नै रविन कोइरालाको नामलाई अन्तिम रुप दिइएको छैन ।

मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग तालमेलको सम्भावना रहेकाले टुंगो लगाइएन । एमालेले समानुपातिक उम्मेदवारको नामावलीमा केही संशोधनसहित बन्दसूची शनिबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...