कांग्रेसमा प्रत्यक्षतर्फको उम्मेदवार छान्न मापदण्ड तथा आधार तयार

Published on

काठमाडौँ – नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार छान्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष तर्फको उम्मेदवार छान्न मापदण्ड तथा आधार तयार पारेको हो।

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइने जनाएको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका व्यक्तिलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको छ।

यस्तै गत वैशाखको स्थानीय चुनावमा कारबाहीमा परेकाहरूको कारबाही पनि फुकुवा गर्ने निर्णय पार्टीको बैठकले गरेको छ। ‘स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपिल गर्दछ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २० गते बिहान ९ बजे बस्नेछ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...