कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Published on

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर पल्टिएको प्रहरी चौकी पराशन कञ्चनपुरले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरका २३ वर्षीय गुड्डु राना र मोटरसाइकलमा पछाडी सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २२ वर्षीय बिशाल रानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...