मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा कमल थापा सूर्य चुनाव चिह्नबाट उम्मेदवार बन्दै

Published on

मकवानपुर – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा कमल थापा सूर्य चुनाव चिह्नबाट उम्मेदवार बन्दै हुनुहुन्छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिह्नबाट उम्मेदवारी दिन सघाउने सहमति भएको हो ।

केन्द्रीय सदस्य रानाको टिकट खोसिएपछि मकवानपुर एमालेमा असन्तुष्टि देखिएको छ । सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि पोखिरहेका छन् । पुराना र निष्ठावान नेताको टिकट खोसिएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर–१ को प्रतिनिधि सभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ । एमालेले यो क्षेत्रबाट जिल्ला इञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो ।

एमाले वाग्मती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको बताए । एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियो । तै पनि अन्तिम समयमा पनि ओलीले थापालाई सूर्य चिह्न दिएर उम्मेदवार बनाउन लाग्नु भएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...