अविरल वर्षाकाे कारण पश्चिम नेपालकाे तराई डुबानमा, जनजिवन प्रभावित

Published on

काठमाडौं । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडा दशैं पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउछन् ।

आइतबार दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले शतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै शतर्क रहन विभागले आग्रह गरेको छ ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...