दशैं पछिको पहिलो कारोबार, नेप्से परिसूचक ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा

Published on

काठमाडाैं – दशैं पछिको पहिलो कारोबार भएको दिन नेप्से परिसूचक करिब ४५ अंक बढेको छ । यस दिन नेप्से परिसूचक ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ।

यस दिन २२४ स्टकको १४ हजार ९९१ पटकको कारोबारमा ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आइतबार १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ४.५० प्रतिशत बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...