आज उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिन सकिने

Published on

काठमाडौँ – निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ। निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार मनोनयन दर्ता भएको थियो।

यस्तै आयोगले असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ। उम्मेदवारले नाम फिर्ता लिने भए असोज २६ मा समय पाउनेछन्। असोज २६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने पनि आयोगले जनाएको छ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...