प्रधानमन्त्री देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय

Published on

काठमाडौँ  – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई प्रस्ट पार्न दिउँसो २ बजेसम्मको समय दिइएको हो।

देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस वीपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध हिजो निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा उजुरी परेको थियो । निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...