राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

Published on

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उहाँको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।

ताजा समाचार

इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण

काठमाण्डौँ । इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण...

किसानलाई धान भित्र्याउने चटारो

काठमाण्डौँ । सिन्धुलीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो छ । तिहारअघि काटेको धानबाली वर्षाका...

राष्ट्रपति पौडेलले गर्नुभयो गौरीघाट र कमलपोखरीमा छठ पूजा

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का...

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये २९ % को मृत्यु

काठमाण्डौँ । जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमितमध्ये करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ...