प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु

Published on

काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु गरेको छ ।

अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाईको जिम्मा दिइ काम सुरु गरेको आयोगले जनाएको छ । प्रदेश र संघको निर्वाचनमा ८ करोड मतपत्र छपाइ गर्ने योजना अनुसार प्रत्यक्ष तर्फको मात्र ४ करोड मतपत्र छापिने छ । करिब तीन साताभित्र प्रत्यक्ष तर्फको मतपत्र छपाई सक्ने आयोगको तयारी छ । सुरूमा कम मतदाता भएको र त्यसपछि बढी मतदाता भएका जिल्लाको मतपत्र छपाइ हुनेछ ।

मतपत्र छपाइ सुरक्षार्थ सुरक्षण मुद्रणालयमा ५० र अन्य स्थानमा गरी करिब ६५ सीसीटिभीले निगरानी गरिरहेको छ ।

मतपत्र छाप्न आयोगका करिब २ सय कर्मचारी खटाइएको र छापाखाना सुरक्षा गर्न १ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...