वि.सं. २०८७ सम्ममा गरिबी ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य

Published on

काठमाडौँ– प्रधानमन्त्री देउवाले वि.सं. २०८७ सम्ममा गरिबीको रेखामुनि रहेका जनसङ्ख्या ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य रहेको पनि बताउनुभएको छ ।

३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा आज शुभकामना मन्तव्य दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारले गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनु भएको छ । सरकारले गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई एउटा प्रमुख माध्यम बनाई यसलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गर्ने नीति लिएको उहाँले उल्लेख गर्नुभएको छ ।

विपन्न परिवारको संरक्षण गरी गरिबीको रेखाबाट बाहिर ल्याउने नीतिलाई सघनता साथ अघि बढाएको प्रधानमन्त्रीले संदेशमा उल्लेख गर्नु भएको छ ।गरिबी निवारणका लागि सरकारले मुक्त कमैया, हरुवा चरुवाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । हरेक वर्ष अक्टोबर १७ मा यो दिवस मनाउने गरिन्छ ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...