नारायणगढ–बुटवल खण्ड विस्तारको ठेक्का तोड्न सकिने स्पष्टोक्ति

Published on

काठमाडौं । सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने बताए । उनले भने, “चाडपर्वपछि सो सडकखण्डको स्थलगत निरीक्षण गरिने र त्यसपछि ठेक्का तोडिने या के गर्ने भन्नेबारे निर्णय गरिनेछ ।”

सडक विभागले यसअघि गत असोज ९ गते सूचना जारी गरी काम सम्पन्न हुनुपर्ने समयमा एक चौथाइ पनि काम हुन नसकेको, कामको गति ज्यादै सुस्त देखिएको, भएको सडकमा खाल्डो खनी सवारी साधन आवागमन गर्न नसक्ने बनाएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको थियो ।काम सम्पन्न हुनुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्र काम भएको छ । सो आयोजनाको निर्माण अवधि गत साउन २२ गतेसम्म थियो । ४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । विभागले सूचनामार्फत सो कम्पनीलाई कात्तिक ५ गतेसम्मको समयसीमा तोकेको थियो ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६४।५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल–चौराहासम्मको ४८।५ किलोमिटर खण्डलाई प्याकेज २ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर रहेको छ । कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँको लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटबलबीचको दूरी बढीमा दुई घण्टाको हुने बताइएको छ ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...