प्रचारका लागि उम्मेदवार लिमी जान पाएनन्

Published on

काठमाडौं – नाम्खा गाउँपालिकाको सिङ्गो ६ नम्बर वडा र तीन मतदान केन्द्र रहेको लिमीमा उम्मेदवार चुनावी प्रचारका लागि जान नसक्ने भएका छन्। लिमी जाने दुबै बाटो हिमपातले बन्द भएपछि घरदैलो तथा प्रचार प्रसारका कार्यक्रमका लागि दल तथा उम्मेदवार लिमी जान नसक्ने भएका छन्। 
एमाले सिमकोट गाउँ कमिटीका सचिव तीर्थराज भण्डारीले उम्मेदवार लिमी जान नसक्ने भएपछि नाम्खा गाउँपालिका–५ को यारीबाट फिर्ता भएको बताउनुभयो। प्रचारका लागि प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी दल रावल र प्रदेश सभा (ख) का प्रत्यासी छक्कबहादुुर लामाको टोली यारीसम्म गएको भए पनि त्यतैबाट फिर्ता भएको हो। 

चार हजार छ सय मिटर अग्लो नारा लेकमा चार फिट हिउँ जमेको छ। पाँच हजार मिटर अग्लो न्यालु लेकमा पाँच फिट हिउँ जमेको छ। उनले केही समय अगाडि भएको हिमपातले बाटो अवरुद्ध भएपछि  लिमीमा उम्मेदवार पुग्ने सम्भावना कम भएको बताए । 

यता गठबन्धन दलको उम्मेदवारको टोली यारीसम्म पुगेर फिर्ता भएको प्रचारमा सहभागी कांग्रेस उपसभापति बसन्त रोकायाले जानकारी दिनुभयो। उहाँले न्यालु र नारामा बाक्लो हिउँ जमेकाले कारण यतिबेला प्रचार टोली जान नसक्ने बताउनुभयो। उहाँले अहिले गठबन्धन दलकातर्फबाट प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी छिरिङ डम्डुल लामा (कार्चेन) र प्रदेश सभा सदस्य पदका प्रत्यासी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको टोली आइतबार यारी पुग्ने कार्यक्रम रहेको छ। 

गाउँ बाहिर रहेका नाम्खा गाउँपालिका-६ को हिमलापारीको गाउँ लिमीका स्थानीयलाई लिमी जान पाँच फिट हिउँ छिचोल्नु पर्ने बाध्यता छ। लिमी जानै पर्ने र त्यहाँ जान अन्य विकल्प नभएपछि ज्यानको बाजी थापेर न्यालुको सडकमा जमेको हिउँ पार गर्नु परेको हो। 

अब दललाई लिमीमा चुनावी प्रचारका लागि जान हेलिकोप्टरको प्रयोग गर्नुको विकल्प छैन्। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङको टोली तीन दिन अगाडी पाँच दिन लगाएर न्यालु लेकको पाँच फिट हिउँ छिचोलेर लिमी पुगेको थियो। दलहरु लिमीमा प्रचारका लागि जान नसक्ने भएपछि मंसिर ४ गतेको निर्वाचनमा मतदानका लागि खटिने कर्मचारीसमेत यसरी पैदल जान सक्ने अवस्था रहेको छैन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...