बस्ती जोगाउन नसके अर्को पटक भोट माग्न आउदिँनः नेता लेखक

Published on

महेन्द्रनगर – पुर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकाली पारीको दोधारा चादँनी नगरपालिकामा जोगबुढा नदी कटान नियन्त्रण पाँच बर्षमा गर्न नसके अर्को पटक भोट माग्न नआउने बताएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका नेता लेखकले आइतबार दोधारा चादँनी नगरपालिका वडा नं. १० मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले आगामी पाँच बर्षभित्र स्थानीय जोगबुढा नदीबाट बस्ती जोखिममा पर्न नदिने प्रतिवद्धता व्यक्त गरेका हुन ।
“हामीलाई जिताएर पठाउनुहोस, यहाँको नदी कटानको समस्या बाध बाधेर जोगाउन सकिएन भने अर्को भोट भोट माग्नै आउँदैन ।” लेखकले भने–“ यहाँको नदी कटान नियन्त्रणका लागि प्रतिवद्धता व्यक्त गर्दछु ।”
दोधारा चादँनीलाई महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरेर मुलधारसित जोडेका नेता लेखककै पहलमा यहाँ चार लेनको पक्की पुल निर्माणको अन्तिम चरणमा छ ।
“ सुख्खा बन्दरगाहका लागि अहिलेकै सरकारले बजेट बिनियोजन गरेर यसैबर्षबाट काम अघि बढ्छ ।” उहाँले भने–“ दोधारा चादँनीका हरेक सडक कालोपत्रेलेखि नदी नालामा पुलहरु मै भौतिक पुर्वाधार मन्त्री हुँदा बजेट आएर बनेको अवगत नै छ ।”

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...