एमालेले सांसद जित्दा दोधारा चादँनीले के पायो ?

Published on

महेन्द्रनगर – आसन्न मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनले चुनावी माहोल विष्पोटक रुपमा तातिरहेका बेला महाकाली नदी पारीको दोधारा चादँनी नगरपालिका क्षेत्र नं. ३ बाट प्रतिनिधी छान्ने निर्णायक मतमा छ ।
अघिल्लो पटक नेकपा एमालेका उम्मेदवार डा. दीपकप्रकाश भट्टले निर्वाचन जित्दा दोधारा चादँनीबासीलाई दिएका आश्वास र छरेका घोषणा पत्रले कति सार्थकता पायो त्यो अहिलेको निर्वाचनमा उनी र उनको पार्टीमाथि मतदाताले प्रश्न तेस्र्याने प्रशस्त विषय छन् ।
दोधार चादँनी भौतिक दुरीका हिसावले सदरमुकाम महेन्द्रनगरस्थित साइने जोडिएको भएपनि विगतको भौगोलिक विकटतालाई चिरेर मुलधारसित जोड्ने श्रय त्यो बेलाका जनप्रतिनिधी कांग्रेस नेता रमेश लेखकलार्य दिदा कुनै अन्याय हुदैन् ।
गत निर्वाचनमा दोधारा चादँनीभित्रको पनि एउटा विकट र सीमाबस्ती कुतियाकवरमा मत माग्दा एमालेले कुतियाकवरबाटै विकासको मुल फुटाएर बस्तीको नाउँ नै ‘विकास नगर’ राख्ने आश्वासन अहिले अहिले पनि कतियाकवरकी वृद्धा कौशिलादेवी सुनारको कानमा गुज्जिरहेको छ ।
“ रमेश लेखक सांसद मन्त्री हुँदा जोगबुढामा पुल बनाएपछि हामी आफ्नै पालिकासित जोडियौं, बस्तीमा सोलार जडान गरेपछि टुक्की जलाउनुपर्ने बाध्यतालाई बिट मा¥यौं ।” कौशिलादेवीले भनिन्–“ यो पटक आश्वासन होइन काम गर्ने नेतालाई भोट दिने गाउँमा सल्लाह नै भएको छ ।”
कोशिलादेवीको भनाईलाई थप गर्दै कुतियाकवरमा होटल व्यवसायी गरि जिविका चलाइरहेका खड्के बुढाले यस पटक जोगबुढा र महाकाली नदी कटानबाट जोगाउन बाँध बनाइदिने उम्मेदवारलाई मत दिने बताए ।
बितेको पाँच बर्षमा देखिने गरी कुनै पनि विकासका काम बस्तीमा नभएको उनको भनाई छ ।
“ विकास नगर बस्तीको नाम राख्नेहरु अहिले भोट माग्न फेरी खैरभट्टीदेखि कुतियाकवरसम्म विकास गर्ने नारा दिएको सुनियो ।” उनले भने–“ अब तिनका पार्टीका नारा पढेर भोट दिने र जिताउने अवस्था रहेन ।”
कुतियाकवर त समाचारको प्रतिनिधीमुलक बस्ती मात्रै हो । यस्तै हरेक बस्ती र टोलमा एमालेले गरेको विकास निर्माणको जोखि अहिले दोधारा चादँनीबासीले गर्न थालेका छन् ।
वर्तमान सरकारले चाुल आर्थिक बर्षमा सुख्खाबन्दरगाह निर्माणलाई अघि बढाउन रु एक अर्व बजेट बिनियोजन गरेर काम प्रक्रियामा लगेपनि यसअघिका सरकारले सुख्खा बन्दगाहको चर्चा मात्रै सुनाए ।
रमेश लेखक भौतिक पुर्वाधार विकास मन्त्री हुँदा महाकाली नदीमा चार लेनको पुल, दोधारा चादँनीमा हरेक सडक र नाला खोलामा पुलहरुको बर्षात नै गराए । तर लेखक हार्दा दोधारा चादँनीको विकासपछि परेको स्थानीयले महशुष गरेका छन् ।
“ डा. दीपकप्रकाश भट्टले आफू चुनाव जिते दोधारा चादँनीलाई भारतले महाकाली सन्धी अनुसार सिँचाइका लागि पानी दिने विषयमा पहल गर्छ भन्नु हुन्थ्यो ।” एक स्थानीयले भने–“ अहिले पनि त्यो बिषयले प्रवेश पाएन ।”
२६ हजार बढी मतदाता रहेको दोधारा चादँनीलाई यहाँबाट चुनावी भिडन्तमा होमिएका हरेक पार्टीले केन्द्रमा राखेर चुनावी गतिविधी बढाएका छन् ।
“ एमालेले जित्दा यहाँ एउटा ठुलो विकासे आयोजना आउन सकेन् ।” स्थानीय मनबहादुर सुनारले भने–“ आखिर विकास त चुनावका बेला गफ दिएर मात्रै आउने कुरो रहेनछ ।”

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...