प्रधानमन्त्री देउवाद्वारा अस्ताउँदो सूर्यको पूजा आराधना

Published on

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गरेका छन्।

आइतबार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गर्नुभएको हो। सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा अर्चना गरेका छन्। छठ पर्वका लागि थापाथलीस्थित बागमती नदी किनार झकिझकाउ पारिएको छ। आइतबार छठको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै छ।

सर्वसाधारणहरुले छठ पूजास्थल गएर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका हुन्। देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन काठमाडौंलगायत देशका अन्य स्थानमा छठ घाट पनि सजाइएको थियो।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...