एनपी साउँदः जस्ले सांसद नहुँदा पनि क्षेत्रमा दश करोड भित्र्याए

Published on

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं। २ मा पर्ने बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्र स्थापना गर्ने भन्दै डेढ बर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरे ।
सुदूरपश्चिमकै आर्थिक स्मृद्धि सित जोडिएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि शिलान्यास गर्दै राखिएको तत्कालिन प्रधानमन्त्री ओलीको शिलालेख नै अहिले सो क्षेत्रको वनमा अलपत्र अवस्थामा छ ।
लामो समयदेखि चर्चाको विषय बनाइएको औद्योगिक क्षेत्र स्थापनाको लागि शिलान्यासमा हतारो गरिएपनि त्यसको काम डेढ बर्षको अवधीमा केही पनि भएन् ।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा बनेपछि उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू भएपछि औद्योगिक क्षेत्रको स्थापना अघि बढाउृन पहिलो पटक रु एक अर्व बजेट बिनियोजन चालु आर्थिक बर्षमा भएको छ ।
“ बिसौ बर्षदेखि औद्योगिक क्षेत्रको चर्चा सुनेपनि अहिलेको सरकारले पहिलो पटक बजेट हालेर काम अघि बढाएको थाहा भयो ।” बेदकोटका स्थानीय रामप्रसाद चौधरीले भने–“ यहाँ काम भन्दा विगतमा शिलान्यासको होड चल्यो तर काम भएन ।”
पछिल्लो समय चुनावी माहोत तातिरहेका बेला कञ्चनपुर निर्वाचन क्षेत्र नं। २ मा जनप्रतिनिधीहरुले गरेका कामको बेलीविस्तार स्थानीय मतदाताले सुनाउन थालेका छन् ।
“ क्षेत्र नं। २ को सबैभन्दा ठुलो आयोजनामा पर्ने औद्योगिक क्षेत्रमा शिलान्यास गरेको शिलालेख त अलपत्र भयो भने अरु के काम गरेर एमालेबाट जित्नेहरुले जनताले मुल्याङ्कन गर्ने बेला आयो ।” बेदकोटकै स्थानीय विवेक महराले भने–“ हामीलाई केन्द्रमा परिचय बनाएर बजेट ल्याउँदै स्थानीय स्तरमा विकास गर्ने नेता चाहियो ।”
उनले वितेको पाँच बर्षमा यहाँबाट निर्वाचित सांसदले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाए ।
निर्वाचन क्षेत्र नं। २ मा हाल बाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका प्रभावशाली नेता एनपी साउँदले गरेका विकास निर्माणको कामको बेलिविस्तार चुनावी सभाका क्रममा कांग्रेसहरु भने सुनाउन थालेका छन् ।
“ मन्त्री र सांसद नहुँदा पनि नेता साउँले तटवन्ध निर्माणका लागि आफ्नो क्षेत्रमा रु दश करोड ल्याएर अहिले काम भइरहेको छ ।” पुर्वमन्त्री समेत रहेका साउँदका स्वकीय सचिब दिपक जोशीले भने–“ पुल पुलेसादेखि सिँचाइ, स्वास्थ्य, पुर्वाधार निर्माणमा गरेका कामको तथ्यसहित मतदातामा जाँदैछौं ।”
उनले स्याली नदी, सुनवरा, मछेली र मोहना नदी कटान नियन्त्रणका लागि मात्रै करोड रकम नेता साउँदको पहलमा आएको बताउनुभयो ।
“ दैजी–जोगबुढा सडकदेखि बंक–नाइकल सडक निर्माणको सुरुवात नै नेता साउँदकै पहलमा भएको थियो ।” उनले भने–“ बितेको पाँच बर्षमा बंक–नाइकल सडक अलपत्र जस्तै भयो ।”
उहाँले साउँद मन्त्री हुँदा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई गति दिने काम भएको बताए ।
“ साना एक हजार र ठुला बीस वटा ट्युवेल हाम्रो क्षेत्रमा जडान गरिए ।” उनले भने–“ दर्जन भन्दा बढी नदी तथा खोलामा पक्की र झोलुङ्गे पुल निर्माणमा पहल गरिए ।”
स्थानीय तहको निर्वाचनमो मतलाई आधार बनाउने र जनताका लागि नेता साउँदले गरेका कामको मुल्याङकन हुँदा सहज जित हुनेमा कांग्रेसीहरु ढुक्क छन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले यहाँ बेदकोट नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, शुक्लाफाँटामा उपप्रमुख र कृष्णपुर नगरपालिकामा प्रमुख÷उपप्रमुख जितेको थियो ।
स्थानीय तहमै सम्मानजनक जित हासिल गरेको कांग्रेस नेता साउँदलाई प्रतिनिधीसभा सदस्यको उम्मेदवार हुँदा सत्ता साझेदार माओवादी केन्द्र, एककीकृत समाजवादी पार्टी लगायतका सहपाठी दलको गतिलो साथ छ ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...