रमेश लेखकले भने– ‘उहिले किस्तीमा आउथ्यौँ, अहिले झोलुङ्गे पुल तरेर भोट माग्ने आँए ’

Published on

महेन्द्रनगर – २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चादँनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा कांग्रेस नेता रमेश लेखक जोगबुढा नदीमा किस्ती चढेर त्यहाँ पुग्नुभयो ।
चुनावी घरदैलोमा दलबलसहित आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार पुनः घरदैलोमा पुगेका नेता लेखकले विगतको पीडा त्यहाँ स्थानीयलाई सुनाए ।
“ २०७० सालमा यहाँ भोट माग्ना आउँदा किस्ती चढेर जोगबुढा तरेर आवत जावत गर्दा तपाईहरुले झोलुङ्गे पुल माग गरेको सम्झना छ ।” प्रतिनिधीसभा सदस्यका उम्मेदवार रहनुभएका नेता लेखकले भन्नुभयो–“ मैले त्यही बेला यहाँ झोलुङ्गे पुल बनाउन नसके अर्को पाली भोट माग्न आउदैना भनेको थिए, आज हामी त्यही बनाएको झोलुङ्गे पुल तरेर पुनः भोट माग्न आएका छौं ।”
उहाँले महेन्द्रनगरबाट दोधारा चादँनी आवातजावत गर्न विगतमा महाकाली नदीमा पुल नहुँदा जुनखालको समस्या थियो सोही समस्या सुन्दरनगरबासीलाई दोधारा चादँनीसित जोडिने गाह्रो रहेको स्मरण गराए ।
“ तपाईहरुले झोलुङ्गे पुल भन्नुभएको थिए मैलो बनाए अब आउँदा पाँच बर्ष पछिको निर्वाचनमा यहाँ जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाएर मोटर चढेर भोट माग्ने आउनेछु ।” लेखकले भने–“ जोगबुढा नदीमा बनेका पक्की पुल मै मन्त्री हुँदा बेजेट हालेर बनाए तर अहिले एमालेहरु भ्रम छर्दै हामीले बनाएको भन्दैछन् भन्ने सुन्छु ।”
स्थानीय स्तरमा जोगबुढा नदीको कटान नियन्त्रण ठुलो समस्याका रुपमा देखिएको बताउँदै उहाँले भारतसित उत्तर–पश्चिममाको सीमा शुन्य बिन्दुदेखि वडा नं. ३ सम्म तटवन्ध निर्माण आफू मन्त्री हुँदा गरेको बताउनुभयो ।
“ २०७४ मा बेलबहादुर राना जी र म चुनाव हार्दा त्यो तटवन्ध निर्माण पनि त्यही रोकियो ।” उहाँले भन्नुभयो–“ मंसिर ४ को निर्वाचनमा हामी दुवैलाई जिताउनुहोस, कुतियाकवर सम्म नदी नियन्त्रणका लागि बाँध बनाएर बस्ती सुरक्षित गर्ने जिम्मा हाम्रो भयो ।”

ताजा समाचार

आठौँ मण्डली कप हुने

काठमाण्डौँ । एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने...

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने...

तिहार नजिकिएसँगै मादल बनाउने चटारो

काठमाण्डौँ । धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ...

आज ‘सरकारका सय दिन’को उपलब्धि सार्वजनिक हुने

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्नुहुने...