एमालेको ग्याँसको पाइप कहाँ पुग्यो ? नेता रमेश लेखक

Published on

महेन्द्रनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री रमेश लेखकले बितेको पाँच बर्षमा नेकपा एमालेले जनतालाई विकासका नाउँमा गफ मात्रै दिएको आरोप लगाएका छन् ।
कञ्चनपुर निर्वाचतन क्षेत्र नं. ३ बाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा उम्मेदवार रहनु भएका नेता लेखकले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका गलत क्रियाकलापका विरुद्ध गठबन्धन लडिरहेको बताउनुभयाे ।
“ गएको निर्वाचनपछि ओली जी प्रधानमन्त्री भएपछि संविधान भत्काउने र अहिलेको व्यवस्था कम्जोर बनाउने काम गर्नुभयो ।” नेता लेखकले मंगलबार दोधारा चादँनीमा घरदैलो कार्यक्रममा बोल्दै भने–“ ओली जीले घर–घरमा पु¥याउँछु भनेको ग्याँसको पाइप दोधारा चादँनीमा तपाईहरु कतिको घरमा पुग्यो ? ।”
समुन्द्र नभएको मुलुकमा पानी जहाज ल्याउनेदेखि चीनबाट रेल ल्याउनेसम्मका गफ एमालेले दिएको लेखकको आरोप थियो ।
“ बितेको पाँच बर्षमा विकासका कुनै काम यहाँ भएको भए मलाई देखाउनुहोस ।” उनले भने–“ कञ्चनपुर लगायत सुदूरपश्चिममा हामीले गरेको विकासका हिसाव हामी दिन सक्छौं ।”
विगतका माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भउका बेला र आफूहरु मन्त्री, सांसद भएका वेला विकास भएको उहाँको दाबी थियो ।
त्यसैगरी चुनावी घरदैलो कार्यक्रममा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यका उम्मेदवार बेलबहादुर रानाले यहाँबाट निर्वाचन जित्ने एमालेका नेताहरुले कुनै काम नगरेको जिकिर गरे ।
“ यहाँबाट पाँच बर्षमा दुई जना एमालेबाट माननीय भए तर काम सिन्को भाचेँनन् ।” रानाले भने–“ हामी चुनाव जितेर फर्केर नआउने पार्टीका नेता होइनौ , पराजित हुँदा होस वा जित्दा घर दैलोमा आएकै छौं ।”
आफू प्रदेशसभाको पाँच दलको साझाँ उम्मेदवार भएको बताउँदै रानाले महाकालीमा झोलुङ्गे पुल, पक्की पुलदेखि नदी कटान नियन्त्रण लगायतका विकास गर्ने पार्टी कांग्रेस नै रहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...