भारत र चीनसँग सम्बन्ध बढाउँछौँ : प्रधानमन्त्री देउवा

Published on

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताउनुभएको छ । डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

वैदेशिक सम्बन्धमा सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने उहाँको भनाइ छ । देशको स्वाभिमान बचाउन र संविधानको रक्षा गर्न आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको उहाँले बताउनुभयो ।

पार्टीको विचार फरक फरक भए पनि राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “राजनीतिमा स्थायी शत्रु कोही हुँदैन, त्यसैले माओवादी लगायतका दलसँग गठबन्धन गरिएको हो ।”

सुदूरपश्चिम विकासका लागि अबको पाँच वर्ष धनगढी–डडेल्धुरा चार लेन सडक निर्माण, पश्चिम सेती परियोजनाको काम सुरुवात, डडेल्धुरामा एयरपोर्ट निर्माण, डडेल्धुरा मेडिकल कलेज सञ्चालन लगायत ग्रामीण सडकहरू कालोपत्रे गरिने प्रधानमन्त्री देउवाले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले २० गतेसम्मका लागि डडेल्धुराका सात वटै स्थानीय तहमा आयोजना गरिएका चुनावी आमसभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...