पाकिस्तानका पूर्व प्रधानमन्त्री खानमाथि गोली प्रहार

Published on

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहीबार दिउँसो पूर्वी पन्जाब प्रदेशको वजिराबाद जिल्लामा खानमाथि गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपी, एफपीका अनुसार गोली प्रहारबाट उहाँ घाइते हुनुभएको जनाएको छ । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो । गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए ।

एआरवाई न्यूजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो । पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उहाँसहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएकाहरूलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा संलग्न आरोपित एक जनालाई हिरासतमा लिइएको जनाएको छ । घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...