गुरु योजना बनाएर भीमदत्तको कटान र डुबान समस्या हल गछौंः लेखक

Published on

महेन्द्रनगर । पुर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले भीमदत्त नगरपालिकाभरीमा डुबान र कटानको समस्या रहेकाले गुरु योजना बनाएर कटान नियन्त्रण गरी समाधान खोजिने बताएका छन् ।
बिहीबार भीमदत्त नगरपालिका–१० मा आयोजित चुनावी घरदैलो कार्यक्रममा बोल्दै नेता लेखकले पछिल्लो समय यहाँ कटान र डुबानको समस्या रहेको बारे आफू जानकारी रहेको बताउँदै निर्वाचनपछि त्यसको समाधानमा लाग्ने योजना सुनाए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ बाट सत्ता गठबन्धनका उम्मेदवार समेत रहनु भएका नेता लेखकले अबको पाँच बर्ष गठबन्धनको सरकार विकासकै निम्ती काम गर्ने बताए ।
“ हामी अनाश्वयक आश्वासन दिदैनौं ।” उनले भने–“ निर्वाचन सकिएपछि गठबन्धनले काम गरेर देखाउँछ ।”
विगतमा पनि यहाँ माओवादी सम्मिलित गठबन्धनकै सरकारका पालामा ठुला विकासे आयोजना आएको स्मरण गराए ।
यहाँ ठुलो व्यापारिक, पर्यटकीय धार्मिक र औद्योगगिक नाका बनाउने योजना रहेको लेखकको भनाई छ ।
“ प्रदेशदेखि केन्द्रसम्म गठबन्धनको सरकार बन्छ ।” उनले भने–“ अब संविधान र व्यवस्थाका लागि झगडा भन्दा पनि विकासका निम्ती काम गर्ने हाम्रो सोच छ ।”
चुनावी घरदैलो सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशी, निर्वाचन क्षेत्र नं। ३ क का सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्ट लगायतले मन्तव्य राखेका थिए ।
पाँच बर्ष नेकपा एमालेले जित्दा यहाँ कुनैखालको विकास नभएको नेताहरुको आरोप थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...