गुरु योजना बनाएर भीमदत्तको कटान र डुबान समस्या हल गछौंः लेखक

Published on

महेन्द्रनगर । पुर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले भीमदत्त नगरपालिकाभरीमा डुबान र कटानको समस्या रहेकाले गुरु योजना बनाएर कटान नियन्त्रण गरी समाधान खोजिने बताएका छन् ।
बिहीबार भीमदत्त नगरपालिका–१० मा आयोजित चुनावी घरदैलो कार्यक्रममा बोल्दै नेता लेखकले पछिल्लो समय यहाँ कटान र डुबानको समस्या रहेको बारे आफू जानकारी रहेको बताउँदै निर्वाचनपछि त्यसको समाधानमा लाग्ने योजना सुनाए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ बाट सत्ता गठबन्धनका उम्मेदवार समेत रहनु भएका नेता लेखकले अबको पाँच बर्ष गठबन्धनको सरकार विकासकै निम्ती काम गर्ने बताए ।
“ हामी अनाश्वयक आश्वासन दिदैनौं ।” उनले भने–“ निर्वाचन सकिएपछि गठबन्धनले काम गरेर देखाउँछ ।”
विगतमा पनि यहाँ माओवादी सम्मिलित गठबन्धनकै सरकारका पालामा ठुला विकासे आयोजना आएको स्मरण गराए ।
यहाँ ठुलो व्यापारिक, पर्यटकीय धार्मिक र औद्योगगिक नाका बनाउने योजना रहेको लेखकको भनाई छ ।
“ प्रदेशदेखि केन्द्रसम्म गठबन्धनको सरकार बन्छ ।” उनले भने–“ अब संविधान र व्यवस्थाका लागि झगडा भन्दा पनि विकासका निम्ती काम गर्ने हाम्रो सोच छ ।”
चुनावी घरदैलो सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशी, निर्वाचन क्षेत्र नं। ३ क का सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्ट लगायतले मन्तव्य राखेका थिए ।
पाँच बर्ष नेकपा एमालेले जित्दा यहाँ कुनैखालको विकास नभएको नेताहरुको आरोप थियो ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...