पाँच वर्ष जितेर गएका साथीहरुले विकासको नाममा केही गरेन : रमेश लेखक

Published on

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले पाँच वर्षमा जितेर गएका साथीहरुले केही गर्न नसकेको बताएका छन् । भीमदत्त नगरपालिका ५ मा चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले विगतमा जितेर गएका नेकपा एमालेका साथीहरुले पाँच वर्षमा विकासको नाममा केही गर्न नसकेको बताएका हुन् ।
“२०७४ को निर्वाचनमा मैले हारेको थिए, नेकपा एमालेका साथीहरुले जितेर गएका थिए, सँगै समानुपातिक समेत गरेर कञ्चनपुर क्षेत्र नम्बर ३ ले दुईओटा सासंद पाएको थियो ।, जितेका साथीहरुले विकास गर्छन् भन्ने लागेको थियो तर गएको पाँच वर्षमा विकासको नाममा केही पनि गरेको अवस्था छैन ।” उनले भने, ।
यस्तै उनले मंसिर ४ को निर्वाचनमा आफुहरुलाई जिताउन समेत आग्रह गरेका छन् । विगतमा आफुले सुरु गरेका अपुरा काम पुरा गर्नुपर्ने भन्दै उनले ४ गतेको निर्वाचनमा आफुलाई जिताउन आग्रह गरेका हुन् ।
गएको पाँच वर्षमा केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान भत्काउने कार्य गरेको भन्दै अहिलेको चुनावी निर्वाचनमा आफुहरु गठबन्धन मार्फत आएको उनको भनाई छ ।
लेखक सत्तारुढ गठबन्धबाट कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । चुनाव नजिकिए सँगै कञ्चनपुर क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रमेश लेखकले चुनावी प्रभारप्रचार भने तिव्र पारेका छन् ।

ताजा समाचार

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)...

यस्तो छ आजको मौसम

काठमाडौं, १३ मंसिर । देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको...

कैलाली पुगे एमाले अध्यक्ष ओली

धनगढी, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुद्ध एयरको जहाजमार्फत कैलाली...