डाेटीमा मध्यराति गएकाे भूकम्पले घर भत्किँदा ६ जनाकाे मृत्युु

Published on

काठमाडौं – मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको  डीएसपी भट्टले बताए  ।
उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएकाे छ । समाचार श्राेत अनलाइन खबर ।

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...