गठबन्धनबाट ६ जना प्रधानमन्त्रीको दाबेदार

Published on

काठमाडौं – आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री हुने अनुमान गरिएको छ ।

आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन । सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् । सामान्यतया विगतका अनुभव हेर्ने हो भने आमनिर्वाचन हुनुअघि नै दलहरूले भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

ताजा समाचार

मगर भाषा सिकाउँदै क्याम्पस

काठमाडौं । तनहुँको एक क्याम्पसले मगर भाषा सिकाउन थालेको छ । तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि...

पाँच सय वर्ष पुरानो खड्कादेवी मन्दिर ओझेलमा

काठमाडौं । गोरखाको सबैभन्दा पुरानो खड्कादेवी मन्दिर पुरातत्त्व विभागले संरक्षण नगर्दा ओझेलमा परेको छ ।...

साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा

काठमाडौं । कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ ।...

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

काठमाडौं । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र...