भारतमा राहुल गान्धीको राजनीतिक भेलामा नेपालको राष्ट्रिय गान बजेेेपछि

Published on

काठमाडौं – भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनलाई सत्ताधारी भारतीय जनता पार्टीका नेताहरूले आलोचना गरिरहेका छन्।
सत्ताधारी दलको विरोधमा ‘भारत जोडो यात्रा’ अभियान चलाइरहेका गान्धी अचेल विभिन्न क्षेत्रमा पुग्दै जनतालाई सम्बोधन गरिरहेका छन्। यसै क्रममा बुधवार महाराष्ट्र राज्यमा भएको भेलाका बेला पछिल्लो घटना भएको हो।
सामाजिक सञ्जालमा फैलिएको भिडिओमा गान्धीले पार्टीको कार्यक्रममा मञ्चबाट भारतको राष्ट्र गीत बजाउन अनुरोध गरेको देखिन्छ । सहयोगीले गीत बजाउँदा नेपालको राष्ट्रिय गान बज्दछ।
सुरुको धुन र पहिलो लाइन बजिसकेपछि अलमल्ल परेका गान्धीले उनका सहयोगीलाई ईशारा गर्छन्। त्यसपछि बल्ल ‘जन, गण, मन…’ बज्दछ।

उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि भारतीय जनता पार्टीका नेताहरूले गान्धीको आलोचना गरेका विवरणहरू भारतीय सञ्चार माध्यममा आएका छन्। सामाजिक सञ्जालका वेबसाइटमा टिप्पणी गर्नेहरूले भारतको विपक्षी दलले महाराष्ट्र राज्यमा गरेको स्थानीय कार्यक्रममा कसरी छिमेकी देशको राष्ट्र गान बजाइनका निम्ति ठीक्क परेर राखिन पुग्यो भनेर प्रश्न पनि उठाएका छन्। बिबिसी ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...