नगर प्रहरीमाथि आक्रमण गर्ने विरुद्ध प्रहरीमा उजुरी

Published on

काठमाडौँ – बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरू विरुद्ध काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ । महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको महानगरले जनाएको हो ।

नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धकमा लिई गम्भीर रूपमा घाइते बनाएको र उनीसहित तीन जना नगर प्रहरीको आईसीयुमा उपचार भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरूलाई साङ्घातिक आक्रमण गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरूलाई महानगरले अनुरोध गरेको छ ।

​अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा सोमबार थापाथलीस्थित बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन महानगर टोली खटिएको थियो । सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूले खुँडा जस्ता धारिलो हतियार, ढुङ्गा, मुढासहितका सामाग्री लिएर उपस्थित भई आपराधिक मनसायले एक्कासि आक्रमण गरेको महानगरको भनाई छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...