कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको एमाले समानुपातिकमा भने पहिलो

Published on

कर्णाली प्रदेशमा प्रत्यक्ष मा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ । मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ । ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो ।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा ( माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा खुम्चिएको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । एकीकृत समाजवादीले ३५ हजार८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टी ८ हजार९९३ ,नेकपा माले ३ हजार ९९ भोट ,  नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट , राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट , हाम्रो नेपाली पार्टी १ हजार ६६२,  जनता समाजवादी पार्टी, नेपाल १ हजार १२४ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ , मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली कांग्रेस (बीपी)५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, नेपाल ४४५ ,नेपाली जनता दल ४२३  भाेट रहेकाे छ ।

नेश्‍नलिष्ट पिपल्स पार्टी ४११ , नागरिक उन्मुक्ति पार्टी ३८६ , नेपालका लागि नेपाली पार्टी ३६०, एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी ,नेपाल नौलो जनवादी पार्टी ,सचेत नेपाली पार्टी,नेपाल सुशासन पार्टी ) ३२६ , एकल चिह्न गितार (सामाजिक एकता पार्टी ,नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)रनेपाल दलित पार्टी ३२० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३१२ ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २५४ , राष्ट्रिय जनमुक्ति पार्टी २०४ , नेपाल लोकतान्त्रिक पार्टी १४६ , बहुजन शक्ति पार्टी ६३ र  नेपाल संघीय समाजवादी पार्टी ४० भोट पाएका छन् ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...