नेपाली नागरिकलाई भारत प्रवेशमा कडाइ

Published on

काठमाडौं । महाकाली नदीमा एकतर्फी बनाइएको तटबन्धका कारण वारिपारि ढुंगा हानाहानपछि अहिले भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ । केही समयदेखि नागरिकता देखाएर धारचुला प्रवेश गराएको भारतीय सीमा सुरक्षा बल एसएसबीले आन्दोलनमा सहभागी नेपाली नागरिकको कडा निगरानी गरेको हो ।

भारतले तटबन्ध बनाउन थालेपछि दार्चुला प्रशासनले गत वर्ष २ पुसमा भारतीय प्रशासन धारचुला तहसिल कार्यालयलाई निर्माण कार्य रोक्न पत्राचार गरेको थियो । तर, भारतीय पक्षले त्यसको बेवास्ता गर्दै निर्माण कार्य जारी राखेपछि जनता प्रतिकारमा उत्रिएका हुन् ।

आइतबार आक्रोशित नेपालीले नेपाल भारत जोड्ने झोलुंगे पुलमा अढाई घन्टा तालाबन्दी गरे भने सोमबार भारतीय व्यापारीले दुई घन्टा भारततर्फ तालाबन्दी गरे । भारतीय व्यापारीहरूले ढुंगा हान्ने स्थानीयलाई पक्राउ गरी कारवाही गर्नुपर्ने सर्त अघि सारेको छ । उसले तीन दिनभित्र कारवाही गरेको जानकारी पाउनुपर्ने, नभए फेरि अन्तर्राष्ट्रिय झोलुंगे पुलमा ताला लगाउने चेतावनी दिएको छ । भारतीय व्यापार मण्डलका अध्यक्ष भूपेन्द्र थापाले भारततर्फको आन्दोलन कस्तो हुने विषयमा छलफल गरिने उल्लेख गरेका छन् ।

भारतले पछिल्लो समय तटबन्ध बनाउने भन्दै बगर क्षेत्रबाटै महाकाली नदीको धार नेपालतर्फ फर्काएपछि विरोध चर्किएको हो । नेपाल र भारतबीच तटबन्धको विषयमा तीनपटक ढुंगा हानाहान भइसकेको छ । सरकारले भारतको सीमा विवादलाई नीतिगत रूपमा टुंग्याउन नसक्दा दार्चुलावासी त्रासमा बाँच्दै आएका छन् ।

भारतीय पक्षले एकलौटी रूपमा सीमा नदी महाकालीमा ठूलो पर्खाल लगाउँदा महाकाली नदी आफ्नो प्राकृतिक धार परिवर्तन गरी करिब १० मिटर नेपालतर्फ धकेलिएको छ । भदौमा आएको बाढीले नेपालतर्फको पक्की तटबन्ध बगाएको छ । भारततर्फ बगर बनेको छ । नदीको पूरै बहाव नेपालतिर छ । सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा तटबन्ध नहुँदा पूरै जोखिम बढेको छ । साभार नयाँ पत्रिका ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...