नेपाली नागरिकलाई भारत प्रवेशमा कडाइ

Published on

काठमाडौं । महाकाली नदीमा एकतर्फी बनाइएको तटबन्धका कारण वारिपारि ढुंगा हानाहानपछि अहिले भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ । केही समयदेखि नागरिकता देखाएर धारचुला प्रवेश गराएको भारतीय सीमा सुरक्षा बल एसएसबीले आन्दोलनमा सहभागी नेपाली नागरिकको कडा निगरानी गरेको हो ।

भारतले तटबन्ध बनाउन थालेपछि दार्चुला प्रशासनले गत वर्ष २ पुसमा भारतीय प्रशासन धारचुला तहसिल कार्यालयलाई निर्माण कार्य रोक्न पत्राचार गरेको थियो । तर, भारतीय पक्षले त्यसको बेवास्ता गर्दै निर्माण कार्य जारी राखेपछि जनता प्रतिकारमा उत्रिएका हुन् ।

आइतबार आक्रोशित नेपालीले नेपाल भारत जोड्ने झोलुंगे पुलमा अढाई घन्टा तालाबन्दी गरे भने सोमबार भारतीय व्यापारीले दुई घन्टा भारततर्फ तालाबन्दी गरे । भारतीय व्यापारीहरूले ढुंगा हान्ने स्थानीयलाई पक्राउ गरी कारवाही गर्नुपर्ने सर्त अघि सारेको छ । उसले तीन दिनभित्र कारवाही गरेको जानकारी पाउनुपर्ने, नभए फेरि अन्तर्राष्ट्रिय झोलुंगे पुलमा ताला लगाउने चेतावनी दिएको छ । भारतीय व्यापार मण्डलका अध्यक्ष भूपेन्द्र थापाले भारततर्फको आन्दोलन कस्तो हुने विषयमा छलफल गरिने उल्लेख गरेका छन् ।

भारतले पछिल्लो समय तटबन्ध बनाउने भन्दै बगर क्षेत्रबाटै महाकाली नदीको धार नेपालतर्फ फर्काएपछि विरोध चर्किएको हो । नेपाल र भारतबीच तटबन्धको विषयमा तीनपटक ढुंगा हानाहान भइसकेको छ । सरकारले भारतको सीमा विवादलाई नीतिगत रूपमा टुंग्याउन नसक्दा दार्चुलावासी त्रासमा बाँच्दै आएका छन् ।

भारतीय पक्षले एकलौटी रूपमा सीमा नदी महाकालीमा ठूलो पर्खाल लगाउँदा महाकाली नदी आफ्नो प्राकृतिक धार परिवर्तन गरी करिब १० मिटर नेपालतर्फ धकेलिएको छ । भदौमा आएको बाढीले नेपालतर्फको पक्की तटबन्ध बगाएको छ । भारततर्फ बगर बनेको छ । नदीको पूरै बहाव नेपालतिर छ । सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा तटबन्ध नहुँदा पूरै जोखिम बढेको छ । साभार नयाँ पत्रिका ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...