सरकारले भारतलाई कूटनीतिक नोट पठायो

Published on

काठमाडौं । नेपाल सरकारले महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतीय पक्षबाट निर्माण भइरहेको पक्की संरचनाको सन्दर्भमा भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल सरकारका तर्फबाट काठमाडौँस्थित भारतीय दूतावासमार्फत महाकाली नदीमा निर्माण भइरहेको अवैध पक्की संरचनाको विषयमा भारत सरकारलाई कूटनीतिक नोट पठाइएको हो ।

दार्चुलाको सदरमुकाम खलङ्गा बजार र भारतको धार्चुला जोड्ने झोलुङ्गे पुलमुनि भारतीय पक्षले पक्की सडकसहितको भौतिक संरचना निर्माण गर्ने क्रममा तनाव उत्पन्न भएपछि सरकारले मङ्गलबार कूटनीतिक नोट पठाएर द्विपक्षीय समन्वयबिना निर्माण कार्य अघि नबढाउन आग्रह गरेको हो । प्रवक्ता लम्सालले भन्नुभयो, “महाकाली नदीको सन्दर्भमा यसको समाधानका लागि नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको हो, कूटनीतिक संवादबाटै यसको समाधान खोजिनेछ ।” कूटनीतिक नोटमार्फत सरकारले महाकाली नदीको बहाव परिवर्तनको समस्याबारे ध्यानाकर्षण गराउँदै दीर्घकालीन समाधानका लागि द्विपक्षीय संवादका लागि आग्रह गरेको छ ।

यसअघि गृह मन्त्रालयले नेपाल–भारत सीमास्थित महाकाली नदीमा पक्की संरचना निर्माण गर्ने भारतीय पक्षको कदम रोक्न र संवादमार्फत दीर्घकालीन समाधान खोज्न आग्रहसहित कूटनीतिक नोट पठाउन परराष्ट्र मन्त्रालयलाई सोमबार पत्र पठाएको थियो ।

गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी वसन्त भट्टराईले भन्नुभयो, “महाकाली नदीमा भारतीय पक्षबाट भइरहेको पक्की संरचना निर्माणको सन्दर्भमा दुवै देशका प्राविधिक टोली गठन गरेर स्थलगत निरीक्षणपछि दीर्घकालीन रूपमै समाधान खोज्न सहजीकरण गर्न कूटनीतिक नोट पठाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका थियौँ ।”

उहाँका अनुसार गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा महाकाली नदीलाई प्राकृतिक रूपमै निर्बाध बग्न दिन र धार परिवर्तनको अवस्था सिर्जना नहुने गरी निर्माण कार्य गर्नुपर्ने विषयमा भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गरेको थियो ।

उपसचिव भट्टराईले भन्नुभयो, “पत्रमा पछिल्ला घटनाको जानकारीसहित के कसरी भारतले तटबन्ध निर्माण गरिरहेको छ भन्ने कुरा उल्लेख छ । साथै दुवै पक्षको सहमति र प्राविधिक टोलीको प्रतिवेदनका आधारमा मात्रै सिमानामा निर्माण कार्य गर्नुपर्ने विषय स्मरण गराइएको छ ।” भारतले झन्डै दुई वर्षयता धार्चुलातर्फ सडक निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव क्षेत्रबाटै सडकको संरचना उठाएर संरचना निर्माण गर्दा धार नेपालतर्फ सोझिन्छ ।

सोही विषयमा आइतबार नेपाली पक्ष र भारतीय पक्षबीच विवाद भएको थियो । निर्माण कार्य रोक्न नेपाली पक्षले माग राख्दा भएको ढुङ्गा हानाहानमा एक विद्यार्थीसहित चार जना नेपाली घाइते भएका थिए ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...