उत्साहका साथ मनाइयो उधौली

Published on

काठमाडौं । बिहीबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चार्ड मनाउने गरिन्छ। ललितपुरस्थित सानो हात्तीवनस्थित मङहिम मन्दिरमा किराँत समुदायले विभिन्न कार्यक्रम गरेर उधौली पर्व मनाएका हुन्। सो अवसरमा मौलिक नृत्य, कपडा लगाएर विशेष प्रस्तुति देखाइएको थियो। प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व पनि हो। यस अवसरमा ललितपुरको हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ।

अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले उधौली पर्वलाई विशेष पर्वका साथ किराँत समुदायमा मनाउने परम्परा छ। किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ। वैशाख पूर्णिमामा उभौली पर्व मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो।

बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताको पूजा गरेर आफ्ना पूर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ। सरकारले उधौली पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदासमेत दिएको छ।

ताजा समाचार

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै...

युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको...

भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा...

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...