जुम्लामा १५० मेगावाटको जलविद्युत परियोजना अगाडि बढ्ने

Published on

काठमाडौं । बिजुलीको क्षमता अपुग भइरहेको जुम्लामा १५० मेगावाटको जवा तिला जलविद्युत् परियोजना अगाडि बढ्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले १५० मेघावाटको उक्त परियोजना अगाडि बढाउने भएको हो । ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा बुधबार बसेको प्राधिकरणको बोर्ड बैठकले करिब ३५ अर्ब लगानी बराबरको जलविद्युत् परियोजना अगाडि बढाउने निर्णय भएको हो ।

मन्त्रालयका अनुसार सो जलविद्युत् परियोजना २०७८ साल असोज महिनामा अगाडि बढाउन डेक्स स्टडीसहित जुम्लाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीले एक वर्ष अघि निवेदन दर्ता गर्नुभएको थियो । सोही अनुसार नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाढि बढाएको हो । जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेगावाटस्तरको जलविद्युत क्षेत्रमा बृहत् परियोजना अगाडि बढ्ने भएपछि दीर्घकालीन बिजुलीको व्यवस्थापन हुने भन्दै जुम्लाका स्थानीय समुदाय खुसी भएका छन् ।

कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढ्ने भएको जानकारी दिनुभयो । पातारासी गाउँपालिकाका स्थानीय गोरबहादुर बुढाले यो योजनाले जुम्लाको आर्थिक जीवनमा ठूलो सहयोग हुने बताउनुभयो । गोरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...