जुम्लामा १५० मेगावाटको जलविद्युत परियोजना अगाडि बढ्ने

Published on

काठमाडौं । बिजुलीको क्षमता अपुग भइरहेको जुम्लामा १५० मेगावाटको जवा तिला जलविद्युत् परियोजना अगाडि बढ्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले १५० मेघावाटको उक्त परियोजना अगाडि बढाउने भएको हो । ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा बुधबार बसेको प्राधिकरणको बोर्ड बैठकले करिब ३५ अर्ब लगानी बराबरको जलविद्युत् परियोजना अगाडि बढाउने निर्णय भएको हो ।

मन्त्रालयका अनुसार सो जलविद्युत् परियोजना २०७८ साल असोज महिनामा अगाडि बढाउन डेक्स स्टडीसहित जुम्लाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीले एक वर्ष अघि निवेदन दर्ता गर्नुभएको थियो । सोही अनुसार नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाढि बढाएको हो । जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेगावाटस्तरको जलविद्युत क्षेत्रमा बृहत् परियोजना अगाडि बढ्ने भएपछि दीर्घकालीन बिजुलीको व्यवस्थापन हुने भन्दै जुम्लाका स्थानीय समुदाय खुसी भएका छन् ।

कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढ्ने भएको जानकारी दिनुभयो । पातारासी गाउँपालिकाका स्थानीय गोरबहादुर बुढाले यो योजनाले जुम्लाको आर्थिक जीवनमा ठूलो सहयोग हुने बताउनुभयो । गोरखापत्र ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...