अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टीम मुम्बई प्रस्थान

Published on

काठमाडौं – मिक्स मार्शल आर्ट फिड्रेशन इण्डियाको आयोजनामा डिसेम्बर १८ गते देखि मुम्बईमा हुन लागेको अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टीम आज भारत प्रस्थान भएको छ।
काठमाडौं मच्छेगाउँमा रहेको नरहरिपुर डोजोका मुख्य प्रशिक्षक, टीम कोच रवीन्द्र मानन्धरको नेतृत्वमा ७ जना खेलाडीका साथै टीम म्यानेजर सानु भाइ थापा मगर र रेफ्री राकेश श्रेष्ठको टोली उक्त प्रतियोगितामा सामेल हुने प्रशिक्षक मानन्धरले जानकारी दिएका छन्।
नेपालले उक्त प्रतियोगिताको कता र कुमुते गरी कराँतेका २ विधामा भाग लिने छन्। कराँते कातामा पुरुष टीम काता मात्र रहने र कुमुते तर्फ पुरुषमा राजकुमार श्रेष्ठ, मनिस कार्की , अमृत ठोकरले क्रमशः ५५,६०,६७ भिड्ने छन भने महिलामा कुमुते तर्फ सञ्जु देशार, श्रृजना महतारा, नानु शाक्य र श्रद्धा थापाले क्रमशः ५४,५०,५५,६१ केजी तौल समूहमा प्रतिश्पर्धा गर्ने कोच मानन्धरले जानकारी दिएका छन् ।
नेपालको खेल क्षेत्रमा अतुलनीय योगदान दिदै आएका मानन्धरले कोभिडको लकडाउनमा समेत खेलाडीलाई अनलाईन कराँते काता प्रतिश्पर्धामा सहभागी गराई नेपाललाई अन्तराष्ट्रिय मेडल दिलाएका छन्

ताजा समाचार

आठौँ मण्डली कप हुने

काठमाण्डौँ । एक लाख ५० हजार राशीको आठौँ मण्डली कप कात्तिक २१ गतेदेखि हुने...

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने...

तिहार नजिकिएसँगै मादल बनाउने चटारो

काठमाण्डौँ । धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ...

आज ‘सरकारका सय दिन’को उपलब्धि सार्वजनिक हुने

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्नुहुने...