फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश

Published on

काठमाडौँ – फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता फ्रान्सले बुधबार अल बेयत रंगशाला कतारमा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे। खेलको सुरूवाती चौथो मिनेटमै फ्रान्सले अग्रता लिएको थियो। हर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई गोल गरेका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थप्यो। ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्‍यो। रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे। केलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्रबाट दिएको चलाखीपूर्ण पासको सदुपयोग गर्दै मुआनीले गोल गरे। मोरक्कोले पाएका केही राम्रा अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले सहज जित निकाल्यो।

फ्रान्सले अब उपाधिका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ। फाइनल आइतबार हुनेछ। अर्जेन्टिनाले मंगलबार राति क्रोएसियालाई हराउँदै उपाधि नजिक पुगेको थियो।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...