उपत्यकासँगै मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह

Published on

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँगै मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो ।केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उहाँले आग्रह गर्नुभएको छ । तथ्याङ्क अनुसार आज विहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ ।

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ । जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ । यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ । हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ ।त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकोले खानेकुरामा ध्यान दिनसमेत मन्त्रालयको आग्रह छ ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...